राधी विद्युत कम्पनीले ९५ करोड रुपैयाँको हकप्रद सेयर जारी गर्ने, बोर्डबाट पायो अनुमति

बिजमाण्डू
२०७९ साउन ९ गते १७:२९ | Jul 25, 2022

काठमाडौं । राधी विद्युत कम्पनी लिमिटेडले हकप्रद सेयर जारी गर्ने अनुमती पाएको छ।

Tata
GBIME
Nepal Life

आज नेपाल धितोपत्र बोर्डले कम्पनीलाई १ बराबर १.४७५२ को अनुपातमा हकप्रद जारी गर्ने अनुमति दिएको हो। 

बोर्डबाट सोमबार हकप्रद निष्कासन अनुमति पाएको कम्पनीले अबको केही समयमा नै ९५ करोड ३५ लाख ७६ हजार ९९ रुपैयाँ बराबरको ९५ लाख ३५ हजार ७६० कित्ता हकप्रद जारी गर्नेछ। 

हकप्रद सेयरको निष्काशन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ।