तारा एयरको जहाज दुर्घटना अनुसन्धानका लागि जाँच आयोग गठन, पाँच सदस्यीय टोलीले काम थाल्ने

बिजमाण्डू
२०७९ जेठ १६ गते १६:३८ | May 30, 2022
तारा एयरको जहाज दुर्घटना अनुसन्धानका लागि जाँच आयोग गठन, पाँच सदस्यीय टोलीले काम थाल्ने

काठमाडौं। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तारा एयरको जहाज दुर्घटना अनुसन्धानका लागि जाँच आयोग गठन गरेको छ।

Tata
GBIME

मन्त्रालयले प्राधिकरणका वरिष्ठ एरोनोटीकल इन्जिनियर रतिश चन्द्र लाल सुमनको संयोजकत्वमा पाँच सदस्य  सहितको जाँच आयोग गठन गरिएको हो। 

यस अन्तर्गत इन्जिनियर सुमनसहित क्याप्टेन दिपु ज्वार्चन, वरिष्ठ मेन्टिनेन्स इन्जिनियर उपेन्द्र लाल श्रेष्ठ, वरिष्ठ मौसमविद मणिराज शाक्य, सहसचिव बुद्धिसागर लामिछाने रहेका छन्।

सोमबार दुर्घटना अनुसन्धानका लागि आयोग गठनका लागि मन्त्रीस्तरीय निर्णय भएको हो।

आइतबार पोखरा विमानस्थलबाट आइतबार बिहान ९:५५ बजे १९ जना यात्रु लिएर जोमसोमका लागि उडेको ९एन-एइटी कलसाइनको ट्‍वीनअटर जहाज सम्पर्कबिहीन भएको थियो। जहाज उडेको १५ मिनेटपछि सम्पर्कबिहीन भएको थियो।

जहाज दुर्घटनाग्रस्त रहेको कुरा सोमबार बिहान पुष्टि भएको हो।

विमानमा दुईजना विदेशी, चार जना भारतीय र १३ जना नेपाली यात्रु सवार छन्। यात्रुबाहेक चालक दलका थप तीनजना विमानमा सवार छन्।

दुर्घटनास्थल जोमसोमबाट आठ नटीकल माइल दक्षिण र १४ हजार ५ सय फिटमा उचाइमा रहेको थियो।