नेपाली निर्माण व्यवसायीलाई विदेशमा काम गर्न बाटो खुल्यो, सेवा निर्यातको थप अवसर 

बिजमाण्डू
२०७९ जेठ १५ गते १७:०४ | May 29, 2022
नेपाली निर्माण व्यवसायीलाई विदेशमा काम गर्न बाटो खुल्यो, सेवा निर्यातको थप अवसर 

काठमाडौं। नेपाली निर्माण व्यवसायीहरुलाई विदेशमा निर्माण व्यवसाय संचालन गर्न पाउने भएका छन्। 

Tata
GBIME

अर्थमन्त्री जनार्दन शर्माले आर्थिक बर्ष २०७९/०८० को बजेट प्रस्तुत गर्दै  नेपाली निर्माण व्यवसायीलाई विदेशमा निर्माण व्यवसाय गर्न अनुमति दिने कानुनी व्यवस्था मिलाइने उल्लेख गरे।  

यसले सेवा निर्यातको थप अवसर प्राप्त हुने उनको भनाइ छ। निर्माण व्यवसायीहरुले अनुमति माग्दै आएका थिए। केही निर्माण व्यवसायीले विदेशमै कम्पनी खडा गरेर पनि काम गर्दै आएका छन्।

कालिका कन्स्ट्रसनले अमेरिकामा कम्पनी स्थापना गरेर विभिन्न निर्माणसँग सम्वन्धित काम गर्दै आएको छ। केही कम्पनीले भुटानको सडकको  समेत काम गरेका थिए।