३ अर्बको आइपीओ जारी गर्ने योजनामा रहेको हिमालयन रिइन्स्योरेन्सको नाफा करिब २० करोड

बिजमाण्डू
२०७९ जेठ १५ गते १०:४३ | May 29, 2022
३ अर्बको आइपीओ जारी गर्ने योजनामा रहेको हिमालयन रिइन्स्योरेन्सको नाफा करिब २० करोड

काठमाडौं। हिमालयन रि-इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा १९ करोड ६४ लाख रुपैयाँ कमाएको छ। अघिल्लो त्रैमासको अन्त्यमा इन्स्योरेन्सको खुद नाफा १२ करोड ४७ लाख रुपैयाँ थियो। 

Tata
GBIME
Nepal Life

यस अवधिमा इन्स्योरेन्सले ४७ करोड ४९ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको हो। चैत अन्त्यसम्म इन्स्योरेन्सले कुल ५२ करोड ५९ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ। चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अन्त्यमा खुद बीमाशुल्क आर्जन २९ करोड ९९ लाख रुपैयाँ थियो। 

समीक्षा अवधिमा हिमालयन रि-इन्स्योरेन्सले दाबीबापत खुद एक करोड ४६ लाख रुपैयाँ भुक्तानी दिएको छ। तेस्रो त्रैमासको अन्त्यसम्म ७ करोड ९२ लाख रुपैयाँ भुक्तानी हुन भने बाँकी देखिन्छ।

यस अवधिमा कम्पनीको चुक्ता पुँजी ७ अर्ब रुपैयाँ छ। पुँजी वृद्धिका लागि प्राथमिक सेयर निष्कासन गर्ने योजनामा छ। इन्स्योरेन्सले जारी पुँजी १० अर्ब रुपैयाँको ३० प्रतिशतले हुन आउने आइपीओ निष्कासन गर्नेछ। 

यस्तै, कम्पनीको जगेडा कोषमा २० करोड रुपैयाँ र बीमा कोषमा ४८ लाख रुपैयाँ सञ्चित छ। यस अवधिमा इन्स्योरेन्सको महाविपत्ति कोषको आकार भने ४ लाख ६० हजार रुपैयाँ मात्र देखिन्छ।

कम्पनीका अध्यक्षतामा शेखर गोल्छा छन्। गोल्छा उद्योग वाणिज्य महासंघका अध्यक्ष पनि हुन्। इन्स्योरेन्समा शंकर, मुरारका, लक्की, शिवशक्ति, आइएमई, दुगड समूहलगायतको लगानी पनि छ। 

नेपाल बैंक र राष्ट्रिय वाणिज्य बैंकले पनि पनि हिमालयन रि-इन्स्योरेन्समा लगानी गरेका छन्।