‘सिभिल बैंक डिबेन्चर २०८८’ नेप्सेमा सूचीकृत, चैत्र ३० बाट कारोबार सुरु, वार्षिक १०.२५% ब्याज पाइने

बिजमाण्डू
२०७८ चैत्र २९ गते २१:०३ | Apr 12, 2022
‘सिभिल बैंक डिबेन्चर २०८८’ नेप्सेमा सूचीकृत, चैत्र ३० बाट कारोबार सुरु, वार्षिक १०.२५% ब्याज पाइने

काठमाडौं। सिभिल बैंक लिमिटेड र नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) बीच ऋणपत्र सूचीकरणसम्बन्धी सम्झौता भएको छ।

Tata
GBIME
Nepal Life

बैंकले निष्कासन तथा बिक्री गरेको 'सिभिल बैंक डिबेन्चर २०८८' नामक ऋणपत्र सूचीकरणका सम्बन्धमा यो सम्झौता भएको हो। सम्झौतासँगै बैंकको ऋणपत्र नेप्सेमा मंगलबार सूचीकृत समेत भइसकेको जनाइएको छ। 

यससँगै नेप्सेमा सूचीकृत ३० लाख कित्ता यस ऋणपत्रको कारोबार २०७८ चैत्र ३० बाट गर्न सकिने छ। 

१० वर्षे अवधिको यस ऋणपत्रमा १०.२५ प्रतिशत वार्षिक ब्याज प्रदान गर्ने बैंकले जनाएको छ। उक्त ऋणपत्र लक्ष्मी क्यापिटल मार्केटमार्फत बिक्री खुला गरिएको बैंकले उल्लेख गरेको छ। 

नेप्सेसँग भएको सम्झौतामा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुनिल पोखरेल तथा नेपाल स्टक एक्स्चेन्ज लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर कार्कीले हस्ताक्षर गरेका हुन्।