बुद्ध होलिडेजले ल्यायो भ्यालेन्टाइन डे प्याकेज, आन्तरिक गन्तव्यमा किफायती खर्चमै आतिथ्य

बिजमाण्डू
२०७८ माघ १८ गते १०:०३ | Feb 1, 2022
बुद्ध होलिडेजले ल्यायो भ्यालेन्टाइन डे प्याकेज, आन्तरिक गन्तव्यमा किफायती खर्चमै आतिथ्य

काठमाडौं। बुद्ध एयरको सहायक कम्पनी बुद्ध होलिडेजले भ्यालेन्टाइन डे लक्षित आकर्षक प्याकेज सार्वजनिक गरेको छ। कम्पनीले कोभिडका कारण प्रभावित पर्यटन क्षेत्र प्रवर्द्धन गर्ने उद्देश्यले यो प्याकेज सार्वजनिक गरेको जनाएको छ।

Tata
GBIME

काठमाडौं र भैरहवाबाट पोखरा र चितवनका लागि दुईतर्फी उडान सेवा, खानपान, बसोबासको व्यवस्थासहितको आकर्षक भ्रमण प्याकेज किफायती मूल्यमा बनाइएको कम्पनीले जनाएको छ।

सुरुवाती चरणमा पोखरा र भरतपुर लगायत दुई पर्यटकीय गन्तव्य छनोट गरेको कम्पनीले विस्तारै मुलुकको विभिन्न गन्तव्यमा आन्तरिक पर्यटक लक्षित होलिडे प्याकेजहरु ल्याउने योजना रहेको बुद्ध होलिडेजका सिनियर एक्जुकेटिभ म्यानेजर पराशरजंग पाण्डेले बताए।

उनका अनुसार कम्पनीले हालसम्म ३८ सय जना स्वदेशी र विदेशी पर्यटकलाई पोखरालगायत विभिन्न गन्तव्यको होलिडे प्याकेजमार्फत सेवा दिइसकेको छ।

भ्यालेन्टाइन प्याकेज अन्तर्गत यात्रुले दुईतर्फी हवाई टिकट, एयरपोर्ट पिकअप-ड्रप, ट्वीन सेयरिङ एसी रुम र बिहानको ब्रेकफास्टको सेवा लिन सक्नेछन्। उनका अनुसार यो प्याकेज आउँदो फेब्ररीको १५ तारिखसम्मका लागि लागू हुनेछ।

यस्तो छ प्याकेज दर