सरकारले बढायो दूधको समर्थन मूल्य, प्रतिलिटर ६.५२ रुपैयाँ बढ्यो, अब लिटरको ५६.४ पैसा पुग्यो

बिजमाण्डू
२०७८ माघ १८ गते ०६:३१ | Feb 1, 2022
सरकारले बढायो दूधको समर्थन मूल्य, प्रतिलिटर ६.५२ रुपैयाँ बढ्यो, अब लिटरको ५६.४ पैसा पुग्यो

काठमाडौं।  सरकारले दूधको मूल्य बढाएको छ। सोमवार बसेको मन्त्रिपरिषद् बैठकले साविकको मूल्यमा प्रतिलिटर ६ रुपैयाँ ५२ पैसा मूल्य बढाएको एक मन्त्रीले जानकारी दिए। 

Tata
GBIME

सरकारले मूल्य बढाएसँगै हालको प्रतिलिटर समर्थन मूल्य ४९ रुपैयाँ ५२ पैसाबाट अब ५६ रुपैयाँ ४ पैसा पुगेको छ।

उपभोक्ताको खुद्रा मूल्य भने दूग्ध विकास संस्थानले निर्धारण गर्ने ती मन्त्रीले बताए।

लामो समयदेखि मूल्य बढाउन कृषकहरुले माग गर्दै आएका थिए। कृषकहरुले लागत धेरै भएको भन्दै कम्तिमा पनि १५ देखि २० रुपैयाँ मूल्य समायोजनको माग गरेका थिए।