नक्कली रक्सीमात्र होइन बिइङ ह्युमनसँग जोडिएर ड्रग्सको कारोबारमा पनि संलग्न थिए सन्तोष

बिजमाण्डू
२०७८ माघ १६ गते १५:३० | Jan 30, 2022

काठमाडौं। राजश्व छलेर नक्कली रक्सी नेपाल भित्र्याएको प्रकरणमा पक्राउ परेका दरबारमार्गमा रहेको क्लोदिङ स्टोर बिइङ ह्युमनका संचालक सन्तोष चन्द्र बख्रेल लागू औषध कारोबारमा समेत संलग्न भएको खुलेको छ।

Tata
GBIME
NLIC

शुक्रबार महानगरीय अपराध महाशाखाले नक्कली रक्सी गोदाममा छापा मार्दा चार जनालाई पक्राउ गरेको थियो। पक्राउ परेकामध्ये एक जना बिइङ ह्युमनका संचालक सन्तोष चन्द्र बख्रेल पनि थिए। ३९ वर्षीय बख्रेल पर्साका हुन् जो अहिले राजधानीको कपनमा बस्दै आएका छन्। प्रहरीको प्रारम्भिक अनुसन्धानमा उनी लागु औषधको कारोबारमा संलग्न भएर प्रहरीले खोजी गरेका व्यक्ति भएको खुलेको छ।

सुत्केरी हुँदा प्रयोग हुने निषेधित औषधी ट्रामाडोलको कारोबारमा संलग्न भएको खुलेको महाशाखाका एक प्रहरी अधिकृतले जानकारी दिए। बिइङ ह्युमनको हालका संचालक उनी नै भएको महाशाखाका एक प्रहरीले जानकारी दिए।

डेढ वर्षअघि लागु औषध नियन्त्रण व्यूरोले ट्रामाडोल सहित केही मानिसलाई नियन्त्रणमा लिएको थियो। जसमा सन्तोषको समेत नाम थियो। व्यूरोले थप अनुसन्धानका लागि औषधि व्यवस्था विभागलाई जानकारी समेत दिएको छ। आइतबार पनि लागुऔषध नियन्त्रण व्यूरोले ट्रामाटोल औषधी सहित केही व्यक्तिलाई समातेको छ। समातिने नामको सूचीमा सन्तोष बख्रेलको नाम समेत छ।

'लागु औषधमा आज समातिएकाले पनि उनको नाम लिएका छन्। हाम्रो अनुसन्धान जारी छ,' लागु औषध नियन्त्रण व्यूरोका एक प्रहरी अधिकृतले भने।

बलिउड स्टार सलमान खानको कम्पनीले सञ्चालन ल्याएको क्लोदिङ स्टोर हो बिइङ ह्युमन। गत मंसिरमा बिइङ ह्युमनका म्यानेजर पनि पक्राउ परेका थिए। महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय प्रहरी वृत्त दरबारमार्गको संयुक्त टोलीले स्टोरका म्यानेजर हिरोसी खनाललाई नियन्त्रणमा लिएको थियो। उनलाई पसलमा रहेको रकमको स्रोत खुलाउन नसकेको उक्त स्टोरबाट १ हजार दरका ४९ बण्डलमा ४९ लाख र ५ सय दरका १०० वटाको ४१ वटा बण्डलमा बीस लाख पचास हजार रुपैयाँ फेला परेको प्रहरीले जनाएको थियो।

बख्रेल पक्राउ परेपछि खुल्दै आएको अपराधले बिइङ ह्युमन पनि अनुसन्धानमा तानिएको छ। केही महिना अगाडि स्टोरमा नै हुन्डी कारोबार भएको भन्दै प्रहरीले पक्राउ गरेको थियो। अहिले त्यसका संचालकका अन्य अपराधिक धन्दा पनि थपिएको छ। जसले गर्दा प्रहरीको अनुसन्धान बिइङ ह्युमनतिर पनि सोझिने भएको छ। उनको अन्य केही अपराधिक गतिविधिमा समेत संलग्न भएको आशंकामा उनको मोबाइले नियन्त्रणमा लिएर अनुसन्धान सुरु भइसकेको छ।

शुक्रवार प्रहरीले छापा मार्दा २ सय ९५ कार्टुनमा विभिन्न चलेका ब्रान्डका नक्कली रक्सी बरामद भएको थियो। भारतबाट राजश्व नतिरी ल्याइएको नक्कली रक्सी बिहे लगायतका पार्टीहरुमा सप्लाइ हुँदै आएको प्रहरीको प्रारम्भीक अनुसन्धानमा खुलेको छ।

उनीसँगै पक्राउ पर्नेहरुमा ३० वर्षीय शैलश पन्त, २८ वर्षीय रविन पाख्रिन, ३८ वर्षीय नारायण प्रसाद घिमिरे रहेका छन्। रवि भन्ने भारतीय नागरिक र सन्तोष चन्द्रको योजनामा भारतबाट राजश्व छली गरी विभिन्न ब्राण्डका मदिरा बिक्रि वितरण गरेको प्रहरीको अनुसन्धानमा देखिएको छ।

सन्तोषले बजारमा बिक्री वितरण गर्न इन्फिनिटी लिकर, मुलपानीका संचालक शैलेश पन्तसँग मिलेर कारोबार गरेको देखिएको छ। भारतबाट नेपालमा नक्कली ब्रान्डमा रक्सी आइरहेको जानकारी प्रहरीले प्राप्त गरेको थियो। सामान्य खुद्रा पसलमा पुगेर प्रहरीले अनुसन्धान पनि गरेको थियो।

रवि भनिने भारतीय नागरिक र सन्तोष चन्द्रको योजनामा भारतबाट राजश्व छली गरी विभिन्न ब्राण्डका मदिराहरू बिक्री वितरण गरेको प्रहरीको अनुसन्धानमा देखिएको छ।

सन्तोषले विगत ३ महिना अघि १६० कार्टुन, दोस्रो पटक २०० कार्टुन र तेस्रो पटक ३०० कार्टुन ब्ल्याक लेवल, रेड लेवल, चिभास रिगल र ऐब्सुलेट भोड्का ल्याएर बिक्री वितरण गरेको देखिएको छ। सन्तोषले बजारमा बिक्री वितरण गर्न इन्फिनिटी लिकर, मुलपानीका संचालक शैलेश पन्तसँग मिलेर कारोबार गरेको देखिएको छ।