एभरेष्ट बैंकको मोबाइल बैंकिङ ओम्नी च्यानलमा अपग्रेड, डिजिटल प्ल्याटफर्म प्रयोग गर्न सहज हुने

बिजमाण्डू
२०७८ पुष १४ गते २२:५८ | Dec 29, 2021
एभरेष्ट बैंकको मोबाइल बैंकिङ ओम्नी च्यानलमा अपग्रेड, डिजिटल प्ल्याटफर्म प्रयोग गर्न सहज हुने

काठमाडौँ। एभरेष्ट बैंकले इबिएल-टच २४ (मोबाइल एप) लाई ओम्नी च्यानल प्रणालीमा अपग्रेड गरेको छ। बैंकले बुधबारबाट मोबाइल बैंकिङलाई ओम्नी च्यानलमा अपग्रेड गरेको हो।

Tata
GBIME

अपग्रेडपछि बैंकका ग्राहकले जुनसुकै बेला जहाँसुकैबाट डिजिटल प्ल्याटफर्म फर्ममा प्रयोग गर्न सहज हुने दाबी गरिएको छ।

बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ र एफवान सफ्टका अध्यक्ष विश्वास ढकालको उपस्थितीमा च्यानल अपग्रेड गरिएको हो। बैंकको देशभर १ सय ५ वटा शाखा छन् भने ३१ वटा राजस्व काउन्टर छ।