कात्तिकमा १९ वाणिज्य बैंकको निक्षेप घट्यो, नौ बैंकको ऋण घट्यो, कुन बैंकको ऋण निक्षेप कति?

बिजमाण्डू
२०७८ मंसिर ३ गते १३:४० | Nov 19, 2021

काठमाडौं। कात्तिकमा बैंकहरुको निक्षेप ३५ अर्ब ३० करोड रुपैयाँले घटेको छ। अधिकांश बैंकको निक्षेप घटेको छ। केहीले भने राम्रो निक्षेप बढाएका छन्।

Tata
GBIME

कात्तिकमा सबैभन्दा बढी हिमालयन बैंकले निक्षेप बढाएको छ भने एनआइसी एसियाको सबैभन्दा धेरै घटेको छ। यद्यपि दुवै बैंकले कात्तिकमा ब्याज बढाएका थिए। १९ वटा बैंकको निक्षेप घटेको छ।

हिमालयन बैंकले १४ अर्ब ६० करोड रुपैयाँले निक्षेप बढाएको छ। बैंकको निक्षेप एक खर्ब ६५ अर्ब ५० करोड नाघेको छ। यसपछि एनएमबि बैंकले ४ अर्ब ८७ करोड रुपैयाँले बढाएको छ। बैंकको निक्षेप एक खर्ब ८० अर्ब ५४ करोड नाघेको छ। एनएमबिपछि लक्ष्मी बैंकको ४ अर्ब ५७ अर्बले बढेर एक खर्ब २५ अर्ब २१ करोड रुपैयाँ पुगेको छ।

एनआइसी एसियाको १३ अर्ब ८९ करोड रुपैयाँले निक्षेप घटेको छ। बैंको निक्षेप ३ खर्ब नाघिसकेको थियो। अब २ खर्ब ९७ अर्ब ५५ करोडमा सीमित भएको छ। यसपछि राष्ट्रिय वाणिज्य बैंकको १० अर्ब ३४ करोड रुपैयाँले घटेर २ खर्ब ३१ अर्ब ५५ करोडमा सीमित भएको छ। 

बैंक (अर्बमा) कुल निक्षेप असोजभन्दा (बृद्धि/कम) बैंक (अर्बमा) कुल निक्षेप असोजभन्दा (बृद्धि/कम) बैंक (अर्बमा) कुल निक्षेप असोजभन्दा (बृद्धि/कम)
HBL 165.5 14.6 MEGA 147.77 -0.5 SANIMA 141.34 -2.6
NMB 180.54 4.87 NABIL 230.53 -0.61 ADBNL 150.71 -2.7
LAXMI 125.21 4.57 EBL 163.81 -0.67 KUMARI 162.83 -3.51
NSBL 111.05 3.21 BOK 103.61 -0.74 SUNRISE 128.37 -3.71
MBL 136.85 2.2 NBBL 78.93 -1.21 NBL 169.62 -3.988
NIBL 174.41 1.69 NCC 120.53 -1.67 CITIZEN 139.51 -6.09
SBL 192.61 0.41 CENTURY 94.66 -2.05 PRABHU 160.88 -7.46
SCBNL 94.13 0.11 CIVIL 92.21 -2.38 RBB 231.55 -10.34
GLOBAL 276.72 -0.33 PRIME 161.91 -2.52 NIC 297.55 -13.89

बैंकहरुको ऋण लगानी भने कात्तिकमा मात्र ३६ अर्ब रुपैयाँले बढेको छ। यद्यपी ९ वटा बाणिज्य बैंकको ऋण लगानी घटेको छ। सबैभन्दा बढि हिमालयन बैकले ऋण बढाएको छ। बैंकले ६ अर्ब ७ करोड रुपैयाँले बढाएर १ खर्ब ५१ अर्ब ८९ करोड रुपैयाँ पुर्याएको छ। यसपछि नेपाल बैंक, लक्ष्मी बैंक र सनाराइज बैंकले बढाएको छ। उनीहरुले चार अर्बभन्दा बढिले ऋण बढाएका छन्।

बैंक (अर्बमा) कुल ऋण असोजको भन्दा (कम/बेसी) बैंक (अर्बमा) कुल ऋण असोजको भन्दा (कम/बेसी) बैंक (अर्बमा) कुल ऋण असोजको भन्दा (कम/बेसी)
HBL 151.89 6.07 MBL 130.08 1.74 BOK 104.5 -0.15
NBL 162.35 4.77 SBL 182.58 1.72 NCC 113.84 -0.46
LAXMI 121.78 4.43 NMB 174.45 1.63 MEGA 144.44 -0.49
SUNRISE 122.67 4.02 KUMARI 158.94 1.32 CENTURY 86.52 -0.69
NIBL 177.32 3.7 ADBNL 166.95 1.17 EBL 143.38 -0.69
GLOBAL 268.71 3 PRABHU 146.95 1.03 CITIZEN 131.94 -0.81
SCBNL 86.35 2.64 NBBL 75.55 1.01 NABIL 213.49 -0.92
SANIMA 134.35 2.21 NSBL 110.14 0.85 NIC 276.64 -1.21
PRIME 152.75 1.95 CIVIL 86.94 0.84 RBB 208.84 -2.56

राष्ट्रिय बाणिज्य बैंकको २ अर्ब ५६ करोड र एनआइसी एसियाको १ अर्ब २१ करोडले ऋण घटेको छ।