कात्तिक पहिलो साताबाट काठमाडौं-सिमरा उडान गर्दै गुण एयरलाइन्स, चार गन्तब्यमा प्रादेशिक उडान

बिजमाण्डू
२०७८ असोज ३१ गते १०:२७ | Oct 17, 2021
कात्तिक पहिलो साताबाट काठमाडौं-सिमरा उडान गर्दै गुण एयरलाइन्स, चार गन्तब्यमा प्रादेशिक उडान


काठमाडौं। निजी वायुसेवा कम्पनी गुण एयरलाइन्सले कात्तिक पहिलो सातादेखि काठमाडौं-सिमरा नियमीत उडान सेवा सुरु गर्ने भएको छ।

Tata
GBIME
Nepal Life

एक महिनाको छोटो अवधिमै गन्तब्य विस्तार गरिरहेको कम्पनीले चारवटा गन्तब्यमा प्रादेशिक उडान सुरु गर्नका लागि गृहकार्य सुरु गरेको कम्पनीका बजार प्रमुख एवं प्रवक्ता प्रज्वल थापाले बताए। कम्पनीले पोखरा-नेपालगञ्ज र भद्रपुर-धनगढीतर्फ प्रादेशिक उडान सुरु गर्न लागेको उनले जानकारी दिए।

'हाम्रो व्यावसायिक योजना अनुसार पाँचवटा जेटस्ट्रिम जहाज र दुईवटम विचक्राफ्ट जहाजमार्फत नौवटा गन्तब्यमा नियमित उडान गर्ने छौँ। यी मध्ये सातवटा गन्तब्यमा नियमित उडान सुरु गरिसकेका छौँ। छिट्टै सिमरा र सुर्खेत उडान गर्ने तयारी गरिरहेका छौँ।' प्रवक्ता थापाले भने,' यो सँगै प्रादेशिक उडानका लागि पनि गृहकार्य सुरु भइसकेको छ।'

उनका अनुसार हाल कम्पनीले आफूसँग भएको सातवटा जहाजमध्ये एउटा विचक्राफ्ट र चारवटा जेटस्ट्रिम जहाजमार्फत दैनिक १२ वटा उडान गर्दै आएको छ। बाँकी एउटा विचक्राफ्ट र एउटा जेटस्ट्रिम जहाज पनि छिट्टै रिलीज हुने तयारीमा रहेको उनले जानकारी दिए।

गत असोज १ गतेबाट नियमित उडान सुरु गरेको कम्पनीले हाल भरतपुर, पोखरा, भैरहवा, तुम्लिङटार, नेपालगञ्ज, विराटनगर, जनकपुर, विराटनगर लगायत गन्तब्यमा नियमीत उडान सेवा दिँदै आएको छ।