तेह्रथुम पावरको सेयर रजिष्ट्रारमा नेपाल बंगलादेश क्यापिटल, चाँडै सूचीकरण गरिने

बिजमाण्डू
२०७८ असोज ४ गते १२:१४ | Sep 20, 2021
तेह्रथुम पावरको सेयर रजिष्ट्रारमा नेपाल बंगलादेश क्यापिटल, चाँडै सूचीकरण गरिने

काठमाडौं। तेह्रथुम पावर कम्पनी लिमिटेडको सेयर रजिष्ट्रार सम्बन्धी कार्य गर्नको निमित्त सेयर रजिष्ट्रारको रूपमा नेपाल बंगलादेश क्यापिटल लिमिटेड चयन भएको छ। क्यापिटल र तेह्रथुम पावरबीच सम्झौता भएको छ।

Tata
GBIME

सम्झौतामा तेह्रथुम पावरका प्रबन्ध सञ्चालक मोहनकुमार डाँगी र नेपाल बंगलादेश क्यापिटलका नायब महाप्रबन्धक रामकुमार महतले हस्ताक्षर गरेका छन्। 

सेयर निष्कासनपछि तेह्रथुमको चुक्ता पुँजी ४० करोड पुगेको छ। यसमध्ये २८ करोड रकम संस्थापकहरुबाट र बाँकी ३० प्रतिशत अर्थात १२ करोड रकम सर्वसाधारणबाट उठाइएको छ।  

कम्पनी सूचीकरण र सीडीएस एण्ड क्लियरिङ लिमिटेडमा अभौतिकीकरण गरी दोस्रो बजारमा कारोबार हुने व्यवस्था मिलाइने जनाएको छ।