अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीले चार्टर र नियमित उडानको भाडादर सार्वजनिक गर्नुपर्ने

बिजमाण्डू
२०७८ भदौ १७ गते १६:५६ | Sep 2, 2021
अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीले चार्टर र नियमित उडानको भाडादर सार्वजनिक गर्नुपर्ने

काठमाडौं। दुई महिना अघि अन्तर्राष्ट्रिय चार्टर उडानमा भएको ठगी अनुसन्धानका लागि गठन गरिएको छानविन समितिले चार्टर र नियमित उडानको भाडादर सार्वजनिक गर्न वायुसेवा कम्पनीलाई निर्देशन दिएको छ।

Tata
GBIME
Nepal Life

छानविन समितिले बुझाएको प्रतिवेदन अनुसार पर्यटन मन्त्रालयले यो व्यवस्थालाई कार्यान्वयनमा ल्याउने भएको छ। पर्यटन सचिव यादवप्रसाद कोइरालाले प्रतिवदेन अनुसार पहिला टिकट बिक्री गर्ने कम्पनीलाई कारवाही गर्ने बताए। उनका अनुसार कम्पनीको योजना अनुसार बढी टिकट लिइएको पाइए विमान कम्पनीलाई कारवाही गरिनेछ।

नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक एवं छानविन समितिका संयोजक राजन पोखरेलले यात्रु ठगी रोक्न भाडादर सार्वजनिक गर्न सुझाब दिएको बताए।

'तोकिएको हवाई भाडादर के थियो र टिकटमा अनियमितता कसले गरेका थिए भन्ने कुरा हेरिसकेका छौँ। कतिपय ट्राभल एजेन्सीको संलग्नता देखिएको छ। एजेन्सीको नियमन प्रदेशले गर्छ। यसमा थप अनुसन्धान गर्न सिफारिस गरिएको छ,' महानिर्देशक पोखरेलले भने।

समितिले गरेको अध्ययनका अनुसार अन्तर्राष्ट्रिय उडानमा महँगो भाडादर असुलेको सम्वन्धमा कुल २६ वटा उजुरी परेका छन्। जसमध्ये कतार एयरवेजको चार्टर उडानमध्ये १६, टर्किस एयरलाइन्सको सात र हिमालय एयरलाइन्सको दुईवटा उजुरी परेको थियो।

उजुरी मध्ये कतारको नौवटा टिकट, टर्किसको दुईवटा र हिमालयको दुईवटा टिकट निर्धारित भन्दा महँगो मूल्यमा बेचेको पाइएको थियो।