कोरोना संक्रमित पूर्वराजा ज्ञानेन्द्र र कोमललाई अक्सिजनको सपोर्ट, अवस्था सामान्य र स्थिर

बिजमाण्डू
२०७८ बैशाख १४ गते १६:२९ | Apr 27, 2021
कोरोना संक्रमित पूर्वराजा ज्ञानेन्द्र र कोमललाई अक्सिजनको सपोर्ट, अवस्था सामान्य र स्थिर

Tata
GBIME
Nepal Life

काठमाडौं। कोरोना संक्रमित भई नर्भिक इन्टरनेशनल हस्पिटलमा भर्ना भएका पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल शाहलाई अक्सिजनको सपोर्टमा राखेर उपचार जारी राखिएको छ।

उनीहरु दुबै शनिबार नर्भिक अस्पताल भर्ना भएका थिए।कोरोनाबाट संक्रमितहरुमा हुनसक्ने श्वासप्रश्वासको समस्या जटिल नबनोस् भन्ने उदेश्यले पूर्व राजा र रानीलाई अक्सिजनको सपोर्टमा उपचार राखिएको अस्पतालले जनाएको छ।

उनीहरुसँगै अस्पताल भर्ना भएकी पूर्व अधिराजकुमारी प्रेरणा शाहलाई भने अक्सिजनको सपोर्ट दिनु नपरेको अस्पतालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। तीनैजनाको अवस्था सामान्य र स्थिर रहेको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन्।