आयल निगमले पेट्रोल र डिजलको मूल्य बढायो, काठमाडौंमा अब पेट्रोल १ सय ११ रुपैयाँ

बिजमाण्डू
२०७६ पुष १७ गते ०७:३१ | Jan 2, 2020

Tata
GBIME
Nepal Life

काठमाडौं। नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टितेलको मूल्य बढाएको छ। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेको दाबी गर्दै निगमले पेट्रोल,डिजल र मट्टितेलमा लिटरको दुई रूपैयाँ बढाएको हो।

अब काठमाडौंमा पेट्रोल लिटरको १ सय ११ रूपैयाँ पर्नेछ भने पोखरा र दाङमा १ सय १० रूपैयाँ ५० पैसा पर्नेछ। तराई क्षेत्रका चारआली, विराटनगर, जनकपुर , विरगञ्ज, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज र धनगढीमा १ सय ९ रूपैयाँ ५० पैसा पर्ने निगमले जनाएको छ।

डिजेल र मट्टितेलको खुद्रा बिक्री मूल्य काठमाडौं, सुर्खेत र दिपायलमा सय रूपैयाँ लिटर र  पोखरा, दाङमा ९९ सय रूपैयाँ ५० पैसा पर्ने निगमले जनाएको छ। निगमका अनुसार तराई क्षेत्र (चारआली, विराटनगर, धनुषा, विरगञ्ज, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज र धनगढी ) ९८ रूपैयाँ ५० लिटरको कायम भएको छ।