
काठमाडौं। शेयर कारोबार घटेपछि गत वर्ष ८ वटा ब्रोकर कम्पनी घाटामा गएका छन्। गत वर्ष ४७ ब्रोकर कम्पनीमध्ये आठ कम्पनी घाटामा गएको हो।
अघिल्लो वर्ष सात कम्पनी घाटामा थिए। चालु वर्ष पनि कारोबार घटिरहेकोले घाटामा जाने कम्पनीको संख्या थप बढ्ने नेपाल स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष भरत रानाभाट बताउँछन्।
मिडास स्टक ब्रोकिङ हाउस गत वर्ष सबैभन्दा बढि घाटा खाने कम्पनीको सूचीमा छ। कम्पनीले गत वर्ष एक करोड २५ लाख रुपैयाँ घाटा ब्योहोरेको थियो। त्यसपछि मल्ल एन्ड मल्लको घाटा एक करोड माथि छ। दैनिक कार्यालय खर्च वार्षिक रूपमा १० देखि १५ प्रतिशत बढ्दै गएको छ। तर कारोबार भने ५० प्रतिशतभन्दा बढिले घटेपछि कम्पनी घाटामा गएको मल्ल एन्ड मल्लका अध्यक्ष परमेश्वरभक्त मल्लले बताए। अघिल्लो वर्ष कमिसन दर समेत घटेपछि ब्रोकर कम्पनीको नाफा थप संकुचित भएको उनले बताए। मल्लले भने-'खर्च बढ्यो आम्दानी घट्यो ।'
२०७३ साउनमा नेपाल धितोपत्र बोर्डले ४० प्रतिशत ब्रोकर कमिसन घटाएको थियो। हाल लगानीकर्ताले ०.४० प्रतिशत देखि ०.६० प्रतिशतसम्म शेयर खरिद वा बिक्री दुवै गर्दा कमिसन तिर्नुपर्छ। ५० हजार रुपैयाँसम्म कारोबार गर्ने लगानीकर्ताले ०.६० प्रतिशतका दरले कमिसन तिर्नुपर्छ। यसअघि अधिकतम १ प्रतिशत कमिसन थियो।
त्यस्तै ५० हजारभन्दा माथि पाँच लाखसम्मको कारोबार गर्नेले ०.५५ प्रतिशत, पाँचदेखि २० लाखसम्मको कारोबार गर्नेले ०.५० प्रतिशत, २० लाखदेखि एक करोड रूपैयाँसम्म कारोबार गर्नेले ०.४५ प्रतिशत र एक करोड रुपैयाँभन्दा माथिको कारोबार गर्नेले ०.४० प्रतिशतका दरले कमिसन तिर्नुपर्छ।
लगानीकर्ताले तिरेको कमिसनको २० प्रतिशत रकम ब्रोकर कम्पनीले नेप्सेलाई बुझाउनु पर्छ। त्यही कमिसनमा धितोपत्र बोर्डले ०.६ प्रतिशत ब्रोकर कम्पनीको नाफा घाटा केही नहेरी सोझै लैजान पाउने नियम छ। त्यसपछि बाँकी रहेको रकममा १५ प्रतिशत अग्रिम कर सरकारले लैजाने गरेको छ। वार्षिक हिसाब गरेपछि सरकारले ब्रोकर कम्पनीको नाफाको ३० प्रतिशत लैजाने व्यवस्था छ। तर अग्रिम सरकारले लिएको १५ प्रतिशत भने ब्रोकर कम्पनीले वार्षिक रूपमा ३० प्रतिशत तिर्दा मिलाउन पाउँछन्।
आम्दानीको अनुपातमा यतिबेला खर्चै बढी हुने गरेकोले व्यवसाय धान्न मुस्किल रहेको मल्लको भनाई छ। मल्लको कम्पनी अघिल्लो वर्ष पनि घाटामा थियो। दीर्घकालीन व्यवसाय भएकाले भविष्यमा नाफा हुने अनुमानमा व्यवसायलाई यतिबेला जसोतसो धानिरहेको उनले बताए। सगरमाथा सेक्युरिटिजसमेत दुई वर्षदेखि नै घाटामै छ। घाटामै रहे पनि कम्पनीलाई अघिल्ला वर्षहरूको नाफाले जसोतसो धानिरहेको कम्पनीकी कर्मचारी शारदा नेपालले बताईन्।
तुलनात्मक रूपमा सबैजसो कम्पनीको गत वर्ष नाफा प्रभावित भएको छ। केही ब्रोकर कम्पनीले आफै शेयर खरिद बिक्री गरेर घाटा कम गर्ने उपाय लगाएको भएपनि दैनिक सूचक नै घटेपछि त्यसले समेत साथ नदिएको एक ब्रोकर कम्पनीले जनाएको छ। ब्रोकर कम्पनीले आफ्नो लागि आफ्नै कम्पनीबाट शेयर खरिदबिक्री गर्न बन्देज छ। तर उनीहरूले अर्को ब्रोकर कम्पनीबाट भने शेयर कारोबार गर्न पाउँछन्।
मोफसलमा 'आउट अफ स्टेसन' खोलेका कम्पनीको नाफा गत वर्ष अझै प्रभावित भएको छ। मोफसलमा नगण्य मात्रामा कारोबार हुने भएकाले उनीहरूको कार्यालय सञ्चालन खर्च बढेका कारण घाटा थप बढेको हो। मोफसलमा शाखा विस्तार गरेका एक ब्रोकर कम्पनीका सञ्चालकका अनुसार घाटा थप बढेको हो। उनका अनुसार यतिबेला मोफसलका शाखाको सबै खर्च केन्द्रमा रहेको कार्यालयले धान्नु परेको छ।
शेयर कारोबारमै सीमित भएकाले पनि शेयर बजार घट्दो क्रममा रहँदा ब्रोकर कम्पनी घाटामा गएको मल्लले बताए। 'लगानीकर्ताले लगानी गर्ने अर्को अप्सन नभएकाले पनि ब्रोकर कम्पनी थप घाटामा गएका हुन्,' उनले भने। शेयर बाहेक नेप्सेले वैकल्पिक औजार कार्यान्वयनमा नल्याउने हो भने आगामी दिन थप ब्रोकर घाटामा जाने उनको भनाइ छ। 'लगातार दोस्रो वर्ष घाटामा गएको छ। यस्तै अवस्था आए ब्रोकर पेसाबाट पलायान हुनुपर्ने हुन सक्छ,' मल्लले भने।
लगानीकर्ताले गएको दुई वर्षमा बजारमा ४ खर्ब १९ अर्ब गुमाएका थिए । दुई वर्षअघि कै तुलनामा उनीहरूले गत वर्षको अन्तिम सम्ममा उक्त रकम गुमाएका हुन् । खर्बौं रूपैयाँ शेयर बजारमा गुमाएपछि लगानीकर्ता सरकारप्रति आक्रोशित छन्।
कारोबारमा लगानीकर्ताको रुचि घट्दै गएपछि शेयरबाट आम्दानी गर्ने सबै निकायको व्यापार लगातार खस्किएको छ। अघिल्लो वर्षको तुलनामा नेप्से सूचक २३.४ प्रतिशत र ४०.७९ प्रतिशतले कारोबार घटेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जनाएको छ। गत वर्ष २९ करोड ३८ लाख कित्ता शेयर एक खर्ब १३ अर्ब रूपैयाँमा कारोबार भएको थियो। यो अघिल्लो वर्षको तुलनामा ४०.७९ प्रतिशत कम हो। अघिल्लो वर्ष सोही अवधिमा ३९ करोड २८ लाख कित्ता शेयरको २ खर्ब ५ करोड रूपैयाँ बराबरको कारोबार भएको थियो। अघिल्लो वर्षबाटै शेयर कारोबार घट्दै गएपछि सरकारले प्राप्त गर्ने पुँजीगत लाभकर समेत घटेको छ। शेयर कारोबारमा नाफा कमाउने लगानीकर्ताबाट सरकारले पुँजीगत लाभकर उठाउँदै आएको छ। संस्थागत लगानीकर्ताले १० प्रतिशत र व्यक्तिगत लगानीकर्ताले पाँच प्रतिशत पुँजीगत लाभकर तिर्नु पर्छ। अघिल्लो वर्ष सरकारले पुँजीगत लाभकर बढि उठाउने उद्देश्यले व्यक्तिगत लाभकर बढाएर साढे सात प्रतिशत पुर्याएको थियो। तर सरकारको अनुमान विपरित लाभकर बढ्नुको सट्टा घटेपछि चालु आर्थिक वर्षको बजेटमार्फत व्यक्तिगत लाभकर पुनः पाँच प्रतिशतमा झारेको थियो ।
आर्थिक बर्ष २०७३/७४ मा सरकारले एक अर्ब ४५ करोड रूपैयाँ पुँजीगत लाभकर उठाएकोमा गत वर्ष कारोबार नै घटेपछि पुँजीगत लाभकर ५० प्रतिशतभन्दा बढिले घटेको छ।
नेप्सेले गत आर्थिक वर्ष ६१ करोड २ लाख ७४ हजार ६ सय १६ रूपैयाँ पुँजीगत लाभकर उठाएको थियो। जबकी यही अवधिमा सरकारले व्यक्तिगत कारोबारमा लाभकरको दर समेत बढाएको थियो। कारोबार नै घटेपछि नेप्सेले गर्ने आम्दानीमा समेत संकुचन आएको छ। दुई वर्षदेखि शेयर कारोबार घट्दै गएकाले सरकार र नेप्से दुवैको आम्दानी घटेको नेप्सेका एक अधिकारीको भनाई छ। 'कारोबार घटेकाले नाफा घटेको हो,' ती अधिकारीले भने।
ब्रोकर कम्पनीको नाफा-नोक्सान
Broker Company's Name |
Profit(Loss) (Rs) |
Profit(Loss) (Rs) |
|
Current Year |
Last Year |
||
1 |
Online Securities Pvt.Ltd. |
29086232.44 |
20705855.97 |
2 |
Naasa Securities Co Ltd |
23109559.73 |
19339868.88 |
3 |
Vision Securities Pvt.Ltd. |
18265534.01 |
23351896.06 |
4 |
Dakshinkali Investment & Securities Pvt.Ltd. |
13224498.19 |
9710128.17 |
5 |
Dynamic Money Managers Securities Pvt.Ltd. |
11446161.67 |
6121014.28 |
6 |
Imperial Securities Co. Pvt. Ltd. |
11166157.73 |
17041404 |
7 |
Crystal Kanchanjangha Securities Pvt.Ltd. |
10941197.5 |
7685817.69 |
8 |
Stock Broker Opal Securities Pvt. Ltd. |
9253000.63 |
1914916.74 |
9 |
Shree Krishna Securities Ltd. |
7561908.25 |
22803913.39 |
10 |
South Asian Bulls Pvt.Ltd. |
6124553.68 |
5582037.51 |
11 |
ABC Securities Pvt. Ltd. |
5359057.98 |
15155874.54 |
12 |
Kohinoor Investment & Securities Pvt.Ltd. |
5282044.398 |
3024734.65 |
13 |
Sani Securities Pvt.Ltd. |
4272561 |
3654027 |
14 |
Secured Securities Pvt.Ltd. |
4189597 |
2053735.93 |
15 |
Sweta Securities Pvt. Ltd. |
2422003 |
8172680 |
16 |
Dipshikha Dhitopatra Karobar Co. Ltd. |
2343198.58 |
2054887.53 |
17 |
Bhrikuti Stock Broking Co. Pvt. Ltd. |
1955485 |
2791964 |
18 |
Aryatara Investment & Securities Pvt. Ltd. |
1829922 |
6458559.7 |
19 |
Sundhara Securities Pvt.Ltd. |
1770846.23 |
2522011.75 |
20 |
Agrawal Securities Pvt. Ltd. |
1607720.99 |
1341167.98 |
21 |
Kumari Securities Service Pvt. Ltd. |
1230873.49 |
3022852.68 |
22 |
Asian Securities Pvt. Ltd. |
1198656 |
2738892 |
23 |
Trisakti Securities Pvt.Ltd. |
1176143.71 |
5592712.88 |
24 |
Deevya Securities & Stock House Pvt. Ltd. |
1095719 |
5938733.31 |
25 |
Linch Stock Market Ltd. |
933299.62 |
2721055.35 |
26 |
Premier Securities Co. Ltd. |
909851.7 |
2683554.57 |
27 |
Sumeru Securities Pvt.Ltd. |
671304.07 |
60716 |
28 |
Trishul Securities & Investment Ltd. |
635043.31 |
744921.22 |
29 |
Neev Securities Pvt.Ltd. |
616313 |
4691674 |
30 |
J F Securities Pvt. Ltd. |
375111 |
3381197 |
31 |
Aasutosh Brokerage & Securities Pvt. Ltd. |
340208.15 |
3815041.61 |
32 |
Sipla Securities Pvt. Ltd. |
216889.83 |
-1976477.9 |
33 |
Sewa Securities Pvt.Ltd. |
191233.68 |
210957.11 |
34 |
Siprabi Securities Pvt. Ltd. |
172808 |
-4812250 |
35 |
Investment Management Nepal Pvt. Ltd. |
166816.07 |
3376989.4 |
36 |
Sri Hari Securities Pvt.Ltd. |
153893.46 |
3779592.83 |
37 |
Nepal Stock House Pvt. Ltd. |
111265.49 |
1111382.07 |
38 |
Market Securities Exchange Co. Pvt. Ltd. |
90683.52 |
4126926.61 |
39 |
Primo Securities Pvt. Ltd. |
14672 |
2903162 |
40 |
Sagarmatha Securities Pvt. Ltd. |
-378624.21 |
-5353545.48 |
41 |
Pragyan Securities Pvt. Ltd. |
-1677625.53 |
-14955030.72 |
42 |
Oxford Securities Pvt.Ltd. |
-2295732.92 |
38804.96 |
43 |
Nepal Investment & Securities Trading Pvt. Ltd. |
-2371976.84 |
7196796.54 |
44 |
Swornalaxmi Securities Pvt.Ltd. |
-6306988 |
290975 |
45 |
Thrive Brokerage House Pvt. Ltd. |
-6760481.41 |
-2862179.91 |
46 |
Malla & Malla Stock Broking Co. Pvt. Ltd. |
-10003100 |
-4896089 |
47 |
Midas Stock Broking Co. Pvt. Ltd. |
-12593563 |
-1127771 |