
काठमाडौं। उद्योग विभागको महानिर्देशकमा जीवनप्रकाश सिटौंला आएका छन्। उद्योग मन्त्रालयले सिटौंलालाई विभागको महानिर्देशक बनाएर पठाएको हो। विभाग गत भदौं १७ गतेदेखि रिक्त थियो।
वैदेशिक लगानी र उद्योग सम्बन्धी विषय विभागले हेर्ने भएकोले महानिर्देशक महत्वपूर्ण पदको रुपमा लिने गरिन्छ। सिटौलाले बुधबारबाटै कार्यभार सम्हालिसकेका छन्।
सिटौला यसअघि सम्पत्ति शुद्धिकरण विभाग र प्रदेश १ को अर्थमन्त्रालयमा काम गरिसकेका छन्। यसअघि महानिर्देशकमा विनोदप्रकाश सिंह थिए। उनी प्रदेश तीनमा सरुवा भएपछि महानिर्देशक पद खाली थियो।