घरमा यसरी स्वागत गरियो आइसल्याण्डका फुटबल हिरोहरुलाई

बिजमाण्डू
२०७३ असार २१ गते ००:०० | Jul 5, 2016
घरमा यसरी स्वागत गरियो आइसल्याण्डका फुटबल हिरोहरुलाई

फ्रान्समा युरोकप फुटबल २०१६ चलिरहेको छ। अब सेमिफाइनल र फाइनलका खेलहरु मात्र बाँकी छन्। तर यो युरोले फुटबलको नयाँ शक्ति जन्माएको छ भन्दा अत्युक्ति नहोला। हो यस युरोले आइसल्याण्डलाई फुटबलमा नयाँ पहिचान दिलायो। युरोकपले स्थान दियो अरु काम त आइसल्याण्डका खेलाडी आफैँले गरे।

Tata
GBIME
Nepal Life

फ्रान्स आउनुअघि गुमनाम रुपमा आएको आइसल्याण्डको टोली घर फर्कँदा सबैको मन र समर्थन बटुलेर गयो।

कुनै पनि फुटबल प्रतियोगितामा पहिलो सहभागितामै क्वाटर फाइनलसम्म पुग्दै आइसल्याण्डले आफ्नो क्षमता मात्रै प्रमाणित गरेन, प्रिक्वाटर फाइनलमा इंगल्याण्ड जस्तो फुटबलको पारम्पारिक शक्तिलाई समेत पराजित गर्दै तहल्का मच्चायो।

इंगल्याण्ड विरुद्धको जित आइसल्याण्डको लागि फुटबल इतिहासमै सम्झनलायक जित बन्यो। भलै आयोजक फ्रान्ससँग क्वाटर फाइनलमा पराजित हुँदै आइसल्याण्ड युरोकपबाट बाहिरियो।

युरोकपमा उत्कृष्ट प्रदर्शन गर्दै आइसल्याण्ड फर्केको नोर्डिक टोलीलाई घरमा भव्य स्वागत गरियो। राजधानी रेकियाभिकमा आइसल्याण्डका फुटबल हिरोहरुलाई सबैले भव्यताका साथ स्वागत गरे। खेलाडीहरुले समर्थकहरुसँग मिलेर चर्चित भाइकिङ ताली बजाए हु… त्यसअघि ड्रमरले ड्रम ठोके। समर्थकले खेलाडीसँग सेल्फी खिचाए, खेलाडीले अटोग्राफ दिए।

हेर्नुस् आइसल्याण्ड खेलाडीको स्वागत :