काठमाडौ । कोरियाको डेलिम र ताइवानको हार्टफोर्ड मोटरसाइकलको बिक्रेता ग्लोबल मोटर्स प्रालिले पोखरामा नयाँ सोरुम खोलेको छ । कम्पनीले पोखराको नयाँ बजारमा सोरुम खोलेको हो ।
यो सोरुमबाट दुबै कम्पनीका मोटरसाइकल र स्कुटर बिक्री गर्ने कम्पनीले जनाएको छ । सोरुमको कम्पनीका प्रवन्ध निर्देशक किशोर क्षेत्री र पूर्वमिस नेपाल सदीक्षा श्रेष्ठले संयुक्त रुपमा उद्घाटन गरे । सोरुममा सिटी एस–११० र फेन्सिङ –१२५ सीसी मोडेलका स्कुटर बिक्री सुरु भइसकेको छ ।
