नेटवर्कमा प्रतिवन्ध लागेपछि खुद्रा व्यापारमा, डिएक्सएनले खोज्यो अधिकृत विक्रेता

बिजमाण्डू
२०६९ असार २८ गते ००:०० | Jul 12, 2012

काठमाडौ । सर्वोच्च अदालतले नेटवर्क मार्केटिङलाई प्रतिवन्ध लगाउने आदेश दिएपछि मलेसियाको डिएएक्सएनले खुद्रा व्यापार मार्फत आफ्ना सामान बिक्री गर्ने भएको छ । यो कम्पनीले अधिकृत विक्रेताको आवश्यकता भन्दै साउन १० भित्र आवदेन दिन आब्हान गरेको छ ।  डिएएक्सएनले नेपाली बजारमा नेटर्वक मार्केटिङ मार्फत आफ्ना सामान बिक्री गर्दै आएको थियो । कम्पनीले मलेसियामा उत्पादित फूड सप्लिमेन्टलाई नेपाली बजारमा औषधीको समेत काम गर्ने दावी गरेर उपभोक्तालाई बिक्री गदै आएको थियो ।
नेटर्वक मार्फत बिक्री भइरहेका यी सामानको मूल्य महँगो थियो भने सामानको खोलमा अधिकतम बिक्री मूल्य पनि उल्लेख गरिएको थिएन । कम्पनीले यही वर्ष सबै सामानको मूल्य ३० प्रतिशतले बढाएको थियो । डिएएक्सएनले रातो च्याउबाट बनेको सावुन, टुथपेस्ट, कफी लगायतका सामान बिक्री गर्दै आएको छ ।

Tata
GBIME