द बैंकरले प्रदान गर्ने बैंकर अफ द इयर २०१२ को अवार्ड स्ट्याण्डर्ड चार्टड बैंकलाई

बिजमाण्डू
२०६९ मंसिर १५ गते ००:०० | Nov 30, 2012
द बैंकरले प्रदान गर्ने बैंकर अफ द इयर २०१२ को अवार्ड स्ट्याण्डर्ड चार्टड बैंकलाई


काठमाडौं । स्ट्याण्डर्ड चार्टड बैंक नेपालले ‘बैंकर अफ द इयर २०१२ नेपाल’ अवार्ड प्राप्त गरेको छ । ‘द बैंकर’ पत्रिकाले यस वर्ष चार्टड बैंकलाई यो अवार्ड प्रदान गरेको हो । झण्डै एक दशकदेखि नेपालको उत्कृष्ट एउटा बैंकलाई बैंकरले यस्तो अवार्ड दिंदै आएको छ ।
चार्टड बैंकले यस अघि सन् २००९ मा पनि बैंक अफ द इयर अवार्ड प्राप्त गरेको थियो । चार्टड बैंक सन् १९८७ देखि नेपालमा क्रियाशिल छ । ७५ प्रतिशत सेयर स्ट्याण्डर्ड चार्टड समूहसँग भएको चार्टड बैंकको २५ प्रतिशत सेयर नेपाली सर्वसाधरणसँग छ ।
सन् २०११ मा बैंक अफ इयर अवार्ड बैंक अफ काठमाण्डूले प्राप्त गरेको थियो भने सन् २००३, २००५, २००८ र २०१० मा नेपाल इन्भेष्टमेन्ट बैंकले यस्तो अवार्ड प्राप्त गरेको थियो ।  सन् २००७ मा नेपाल इण्डष्ट्रियल एण्ड कमर्सियल बैंकले बैंक अफ दि इयर अवार्ड प्राप्त गरेको थियो ।

Tata
GBIME
Nepal Life