बन्दलाई बन्द गर्ने कानून माग्दै रिट, अध्यादेश जारी गर्न माग

बिजमाण्डू
२०६९ असार २७ गते ००:०० | Jul 11, 2012
बन्दलाई बन्द गर्ने कानून माग्दै रिट, अध्यादेश जारी गर्न माग

काठमाडौं । बन्दविरुद्ध कडा कानुन ल्याउन माग गर्दै अधिवक्ता भोजबहादुर केसीले सर्वोच्च अदालतमा बुधवार रिट दायर गरेका छन् । उनले अन्तरिम संविधानको धारा ८८ बमोजिम अध्यादेशमार्फत कानून बनाउन सरकारका नाममा आदेश गर्न माग गरेका छन् ।
रिटमा केसीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र कानुन, न्याय, संविधानसभा तथा संसदीय मामिला मन्त्रालयलाई विपक्षी बनाइएको छ ।
बन्द गर्ने प्रवृद्धि बढ्दै गएको तर त्यसतर्फ सरकारले चासो नदेखाएको भन्दै बन्दलाई सार्वजनिक अपराधका रुपमा व्याख्या गरी त्यसलाई संधैभरी बन्द गर्न रिटमा माग गरिएको छ । रिटमा संसद नभएकाले अन्तरिम संविधानको धारा ८८ बमोजिम अध्यादेश जारी गरेर तुरुन्त कानून बनाउन पनि माग गरिएको छ । गएको वर्ष नेपाल बन्द र विभिन्न क्षेत्र गरेर १२८ दिन बन्द गरिएको थियो । सबैभन्दा बढी सुदुरपश्चिम एक महिनाभन्दा बढी बन्द भएको थियो ।

Tata
GBIME
Nepal Life