
काठमाडौं । विश्व मुद्रा बजारमा डलर कमजोर भएपछि त्यसको असर भारतीय र नेपाली दुबै मुद्रामा परेको छ । डरको तुलनामा सोमवार केहि कमजोर देखिएको रुपैंया मंगलबार पुनः मजबुत भएको छ । भारतीय रुपैंयाको अन्तिम मूल्य मंगलबार प्रति डलर ५५.४१ रुपैंया कायम भएको छ । जुन अघिल्लो दिनको क्लोजिङ प्राईस भन्दा ५२ पैसाले बढी हो । सोमबारको क्लोजिङ प्राईस प्रति डलर ५५.९३ भारु थियो ।
भारतीय मुद्रामा मंगलबार देखिएको मजबुतीका कारण नेपालमा बुधबार डलर ७० देखि ८० पैसासम्मले सस्तिएको छ । मंगलबार नेपाली बजारमा कारोबारका लागि नेपाल राष्ट्र बैंकले प्रति डलर ८९.७५ पैसा तोकेको थियो । तर बाणिज्य बैंकहरुले बिहान बजार खुलेपछि डलर ८९ रुपैयाँ ६० पैसामा कारोवार गरे, पछि त्यो ८९.५५ मा झर्यो, ८९.३५ हुँदै अन्तिम कारोवार ८८.८५ पैसामा भयो ।
राष्ट्र बैंकले भारतीय बजारमा अघिल्लो दिन कायम भएको क्लोजिङ प्राइसका आधारमा पछिल्लो दिनका लागि रिफरेन्स मूल्य प्रकासित गर्ने गर्छ । तर, वाणिज्य बैकहरुले भने भारतीय बजारमा देखिने उतार चढावलाई आधार बनाएर मूल्य निर्धारण गर्दै आएका छन् ।
अन्य मुद्राको तुलनामा अमेरिकी डलर कमजोर भएका कारण भारतीय निर्यातकहरुले ठुलो मात्रामा डलर बिक्री गरेर भारतीय रुपैंया खरिद गरेका थिए । यसले भारुको माग बढन गई मूल्य पनि बढेको हो । स्पेनको संकटग्रस्त बैंकलाई युरोपियन युनियनले सहयोग प्रदान गर्ने खबरसँगै जर्मनीका अर्थमन्त्री उल्फग्याङ सेउबलले युरोपेली युनीयनको कोषमा रहेको रकम पूर्व–घोषणा विना लगानी गर्न सकिने प्रतिक्रिया दिएपछि डलरभन्दा युरो मजबुत बन्न पुगेको हो ।
राष्ट्र बैंकले भारतीय बजारमा अघिल्लो दिन कायम भएको क्लोजिङ प्राइसका आधारमा पछिल्लो दिनकोलागि रिफरेन्स मूल्य प्रकासित गर्ने गर्छ । तर, बाािज्य बैकहरुले भने भारतीय बजरामा आएको उतार चढावका आधारमा मूल्य निर्धारण गर्दै कारोबार गर्छन । अन्तराष्ट्रिय बजारमा डलर कमजोर बन्दै गएकाले भारतीय रुपैंया थप मजबुत भई डलरको भाउ अझै घटन सक्ने बैंकरहरुको अनुमान छ ।