काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त विकास बैंक लिमिटेडले फागुन १७ गतेबाट निस्कास गरेको साधारण सेयरको वाँडफाँड बुधबार गरेको छ । २०६७ कात्तिक २८ गते बाट वित्तीय कारोबार संचालन गरेको बैंकले सर्वसाधारणलाई पुँजीको ४५ प्रतिशत साधारण सेयर बिक्री गरेको थियो ।
बैंकको सेयरका लागि तीन सय ५५ गुणा वढी आवेदन परेको थियो । बैंकले सेयर नपर्ने र आंशिक परेकाहरुको रकम वैशाख ६ गतेबाट फिर्ता गर्ने छ ।
बैंकको अहिले एक करोड १० लाख रुपैयाँ चुक्ता पुँजी छ । सर्वसाधारणलाई सेयर बाँडफाँड गरेपछि कम्पनीको पुँजी दुई करोड रुपैयाँ पुगेको छ । कम्पनीले ९० लाख रुपैयाँ बराबरको साधारण सेयर जारी गरेको थियो ।
कम्पनीको सेयर निष्काशन तथा विक्री प्रबन्धकको रुपमा ग्रोमर मर्चेन्ट बैंकिङ छ । रुपन्देहीको बुटवलमा केन्द्रीय कार्यालय रहेको बैंकको बुटवलको मिलनचोक, चितवनको मंगलपुर, नवलपरासीको सुनवल, पाल्पाको तानसेन, बाँकेको कोहलपुर, कैलालीको टिकापुर र बर्दियाको ककौराचोक गरी ७ वटा शाखा संचालनमा रहेको छ ।