शुक्रवार फेरी सुनको मूल्य दुई सय बढ्यो, मूल्य ६० हजार नजिक, चाँदीको मूल्य उस्तै

बिजमाण्डू
२०६९ असोज १२ गते ००:०० | Sep 28, 2012

काठमाडौं । साताको अन्तिम दिन शुक्रवार सुन तोलामा दुइ सय रुपैया बढेर कारोवार भएको छ । नेपाल सुन चाँदी व्यवसायी संघले शुक्रवारको लागि छापावाला सुन प्रति तोलाको ५९ हजार नौ सय रुपैया तोकेको छ । विहिवार सुन तोलामा पाँच सय रुपैयाँ घटेर प्रति तोलाको ५९ हजार सात सय रुपैयामा कारोवार भएको थियो । यो साता सुनको मुल्यमा केहि उतार चढाव देखिएको छ ।  
केहिदिनदेखि स्थिर रहदै आएको चाँदीको मुल्यमा शुक्रवार पनि कुनै परिवर्तन भएन । शुक्रवार चाँदी प्रति तोलाको एघार सय ८५ रुपैयामा कारोवार भएको छ ।  

Tata
GBIME