
काठमाडौं । सरकारले औद्योगिक सुरक्षाबल गठन गरेको छ । मन्त्रिपरिषद्को विहिवारको बैठकले सशस्त्र प्रहरी अन्र्तगत रहने गरी औद्योगिक तथा राजस्व सुरक्षा बल गठन गरेको सूचना तथा सञ्चारमन्त्री राजकिशोर यादवले जानकारी दिए ।
औद्योगिक बलमा २२ सय ५० दरवन्दी थप गर्ने निणएय गरिएको छ । नेपाल उद्योग वाणिज्य महासंघ लगायतका संघ संस्थाले औद्योगिक सुरक्षाका लागि बलको माग लामो समयदेखि गर्दै आएका थिए । तत्कालका लागि शसस्त्र प्रहरीबाट औद्योगिक सुरक्षा बलमा जनशक्ति लगिनेछ ।