बीमा संस्थानको बम्पर बोनस, तीन आर्थिक वर्षमा ९४ प्रतिशत लाभांस

बिजमाण्डू
२०६९ असोज ४ गते ००:०० | Sep 20, 2012
बीमा संस्थानको बम्पर बोनस, तीन आर्थिक वर्षमा ९४ प्रतिशत लाभांस


 काठमाडौं । राष्ट्रिय विमा संस्थानले तीन आर्थिक वर्षका लागि ९४ प्रतिशत बोनस सेयर दिने घोषणा गरेको छ । संस्थानले आर्थिक वर्ष २०६०÷६१ का लागि ३९ प्रशित, २०६१÷६२ का लागि ३९ प्रतिशत र आर्थिक वर्ष २०६२÷६३ का लागि १५ प्रतिशत बोनस सेयर दिने घोषणा गरेको हो । बीमा संस्थानको असोज २४ गते साधरणसभा बस्दैछ ।
संस्थानको सञ्चालक समितिले प्रस्ताव गरेको बोनस सेयर आगामी साधरणसभाबाट स्वीकृत भएपछि वितरण हुनेछ । बीमा संस्थानले अझै छ वटा आर्थिक वर्षको साधरणसभा गर्न बाँकी छ । बीमा संस्थानको चुक्ता पुँजी नौ करोड ९५ लाख रुपैयाँ छ भने कम्पनीका नौ लाख ९५ हजार १३८ कित्ता सेयर स्टकमा सूचिकृत छन् । कम्पनीको पछिल्लो कारोवार १८५९ रुपैयाँमा भएको थियो ।
बीमाका सेयरधनी मालामाल
असोज २४ साधरणसभा गर्ने र तीन वर्षको ९४ प्रतिशत बोनस सेयर दिने बीमा संस्थानको निर्णयको विहिवार जबरजस्त स्वागत गर्यो । कम्पनीको प्रतिकित्ता १८५ रुपैयाँले बढेर कारोवार भयो । विहिवार राष्ट्रिय बीमा संस्थानको सेयर मूल्य २०४४ रुपैयाँमा कारोवार भयो । यसले संस्थानको बजार पुँजीकरण दुई अर्ब रुपैयाँले नाघ्यो । नेप्सेमा राष्ट्रिय बीमा संस्थानको सेयर विहिवार प्रतिशत र रकमका आधारमा सबैभन्दा बढी वृद्धि भएको थियो ।
उता कामना विकास बैंकले अघिल्लो वर्षको नाफाबाट सेयरधनीलाई १५ प्रतिशत नगद लाभांस दिने भएको छ । बैंकको बुधवार बसेको सञ्चालक समितिको बैठकले कामनाको लाभांस पारित गरेको हो । बैंकले अघिल्लो वर्ष ७० लाख रुपैयाँले नाफा बढाएर तीन करोड ५७ लाख रुपैयाँ पुर्याएको छ ।

Tata
GBIME
Nepal Life