
काठमाडौं । हुन्डाईको नेपालको आधिकारिक बिक्रेता लक्ष्मी हुन्डाईले ‘भर्ना’ मोडल सार्वजनिक गरेको छ । नाडा अटो सोको अवसरमा यो कार सार्वजनिक गरिएको हो । युवापुस्तालाई लक्षित गर्दै स्पोर्टी लुक्स दिइएको यो कार १४ सय र १६ सय सीसीमा उपलब्ध रहेको छ ।
भित्री र वाहिरी आवरण आर्कषक रहेको यो कारको मूल्य १४ सय सीसीको ३२ लाख ९० हजार र १६ सय सीसीको ३६ लाख ९० हजार रुपैयाँको रहेको कम्पनीले जनाएको छ । कारमा ड्युअल एअर ब्याग, अटोमेटिक एयर कन्डिसन लगायतका सुविधा रहेको छ । कम्पनीले यो कारको बिक्री राम्रो हुने अपेक्षा गरेको छ ।