काठमाडौं । हिमालयन बैंकले संचालन गरेको हिमाल रेमिटले वैशाख १६ गतेदेखि जेठ १६ गतेसम्म निशुल्क विप्रेषण भुक्तानी गर्ने भएको छ । भूकम्पको महाविपत्तीमा परेकाहरुको राहतका लागि बैंकले निशुल्क विप्रेषण भुक्तानी गर्न लागेको जनाएको छ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत अशोकशमशेर जबराले सार्वजनिक गरेको प्रेस विज्ञप्ती अनुसार बैंकले बिदाको दिन पनि बैंकिङ सेवा प्रदान गर्ने जनाएको छ । हिमालयन बैंकका देशभरका ४२ शाखा मध्ये बेत्रावती रसुवा, कौशल्टार भक्तपुर र बाह्रबीसे सिन्धुपाल्चोक बाहेकका सबै शाखाहरु संचालनमा रहेको पनि जनाइएको छ ।
बैंकले अहिले नगद भुक्तानी, जगद जम्मा लगायतका सामान्य बैंकिङ कारोबार भइरहेको पनि जनाएको छ । हिमालयन बैंकका सबै एटिएमहरु संचालनमा रहेका छन् ।