काठमाडौं। सिताराम गोकुल मिल्क्सले नयाँ प्याकिङमा घिउ ल्याएको छ। अत्याधुनिक प्रविधिबाट आकर्षक बट्टामा घिउ ल्याएको हो।
केडिया अर्गनाइजेसनको भगिनी संस्थाको रुपमा स्थापना भएको यो उद्योग २५ वर्ष पुगेको छ।
२०५२ सालमा कीर्तिपुरको दूधपोखरीमा स्थापना भएको यो उद्योगले नवलपरासी, रुपन्देही, चितवन र काभ्रेपलाञ्चोक जिल्लाका २२ वटा दूध चिस्यान केन्द्रमार्फत दूध संकलन गर्दै आएको छ।