काठमाडौं। राष्ट्रियसभाको आजको बैठकले विनियोजन विधेयक, २०७९ लाई बहुमतले पारित गरेको छ।
प्रतिनिधिसभाबाट पारित भएर आएको विनियोजन विधेयकलाई राष्ट्रियसभाको आजको बैठकको बहुमतले पारित गरेको हो।
प्रतिनिधिसभाले यही असार २ गते सो विधेयक पारित गरेको हो।
विनियोजन विधेयक पारित हुँदा प्रतिनिधिसभामा जस्तै नेकपा (एमाले) सम्बद्ध सांसदले भने राष्ट्रियसभाको बैठक पनि बहिस्कार गरेका थिए।