काठमाडौं। भिजन लुम्बिनी लिमिटेडले १२.५० लाख कित्ता आइपीओ जारी गर्ने भएको छ।
कम्पनीले जारी पुँजीको २० प्रतिशतले हुने १२ लाख ५० हजार कित्ता साधारण सेयर प्रति कित्ता १०० रुपैयाँ अंकित मूल्यका दरले बिक्री गर्ने भएको हो।
कम्पनीले आइपीओ निष्कासनका लागि मुक्तिनाथ क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरेको छ। यस सम्बन्धी सम्झौतापत्रमा भिजन लुम्बिनीका अध्यक्ष जगत बहादुर पोखरेल र मुक्तिनाथ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत कविन्द्रध्वज जोशीले हस्ताक्षर गरेका छन्।
भिजन लुम्बिनीले विशेषगरी जलविद्युत् तथा नवीकरणीय ऊर्जा, कृषि र अन्य उत्पादनशील क्षेत्रमा लगानी गर्दै आएको छ।









