वर्षाले दुई दिन अवलोकनकर्ता नआएपछि गोदावरी फूल मेला थपियो दुई दिन, १८ गतेसम्म चल्ने

बिजमाण्डू
२०८३ कात्तिक १५ गते १३:२६ | Nov 1, 2026
वर्षाले दुई दिन अवलोकनकर्ता नआएपछि गोदावरी फूल मेला थपियो दुई दिन, १८ गतेसम्म चल्ने


काठमाडौं। फ्लोरिकल्चर एसोसिएसन नेपालको आयोजनामा ललितपुरको जावलाखेलमा भइरहेको गोदावरी फूलको १९औं प्रतियोगितात्मक प्रदर्शनीको अवधि दुई दिन थपिएको छ।

GBIME
Tata

वर्षाका कारण शुक्रबार र शनिबार अवलोकनकर्ताको आवागमन प्रभावित भएपछि एसोसिएसनले प्रदर्शनीको अवधि दुई दिन थपेको हो।

कात्तिक १२ गते सुरु भएको प्रदर्शनी सुरुमा ५ दिनसम्म चल्ने भनिएकामा अब १८ गते सञ्चालन हुने एसोसिएसनले जनाएको छ।

मेलामा ७८ वटा व्यावसायिक स्टसहित ८६ वटा प्रदर्शनी कक्ष राखिएको छ। प्रदर्शनीमा १५० देखि १० हजार रुपैयाँसम्मका गोदावरी फूल छन्।