एनपीएलमा जनकपुर र पोखरा भिड्दै, आजको खेलमा किन खास छन् जिम्मी निशम?

बिजमाण्डू
२०८३ कात्तिक १५ गते १२:०५ | Nov 1, 2026
एनपीएलमा जनकपुर र पोखरा भिड्दै, आजको खेलमा किन खास छन् जिम्मी निशम?


काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल)मा आइतबार जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्स भिड्दैछन्। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा साँझ ५ बजे खेल सुरु हुनेछ।

GBIME
Tata

बिहीबारदेखि सुरु भएको वर्षा शनिबार दिउँसोबाटै रोकिएपछि आजको खेल निर्धारित समयमै हुने प्रबल सम्भावना छ। शनिबार निकै नोकझोकपछि सुदरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच ९ बजेपछि खेल सुरु भएको थियो।

जनकपुरले दुई खेल खेल्दा एक जित र एक हार ब्यहोरेको छ भने पहिलो खेलमा हार ब्यहोरेको पोखरा पहिलो जितको खोजीमा हुनेछ।

पोखरासँग सकिव अल हसन, मेहदी हसन, धनन्जय लक्ष्यन जस्ता विदेशी खेलाडीका साथमा कुशल भुर्तेल, दिनेश खरेलजस्ता खेलाडी छन्। अर्कोतर्फ जनकपुरसँग जिम्मी निशम, हरमीत सिंह, मोइन अलीजस्ता विदेशी खेलाडीको साथमा ललित राजवंशी, अनिलकुमार साहजस्ता नेपाली खेलाडी छन्। जारी एनपीएलमै सानदार लय देखाएका राहुल यादव पनि जनकपुरकै हुन्।

यी दुई टोलीबीचको प्रतिस्पर्धामा जिम्मी निशम महत्त्वपूर्ण हुनेछन्। पहिलो सिजन जनकपुरबाट खेलेका यी अलराउण्डर विश्वभरका लिग खेले पनि च्याम्पियन भने पहिलो पटक एनपीएलमा आएर भएका थिए।

दोस्रो सिजनमा जनकपुरसँग ‘टेस्ट कोटा’ नहुँदा उनी पोखरा पुगे। तर, पोखरामा उनको मैदानभित्र र बाहिर खासै तालमेल जमेन। तेस्रो सिजनमा भने उनी पुनः जनकपुर आइपुगेका छन्।