काठमाडौं। विराटनगर किंग्स र सुदूरपश्चिम रोयल्सबीचको दोस्रो खेल हुने भएको छ। मैदानको अवस्था सुधारिएपछि खेल ५ ओभरमा सीमित गरेर संचालन गर्ने तयारी गरिएको हो।
दोस्रो खेलका लागि केही बेरमा टस हुनेछ। खेल साँझ ७:४० बजे सुरु हुनेछ।
यसअघि दोस्रो खेल अपराह्न ५:३० बजे सुरु हुने तालिका थियो। तर, वर्षाका कारण मैदानमा पानी जमेपछि निर्धारित समयमा खेल सुरु हुन सकेको थिएन।
लगातारको वर्षापछि मैदानको आउटफिल्ड सुक्दै गएसँगै दोस्रो खेल संचालनको बाटो खुलेको हो। छोट्याइएको खेलमा विराटनगर र सुदूरपश्चिमले ५/५ ओभर ब्याटिङ गर्नेछन्।
लगातारको वर्षाका कारण चितवन राइनोज र लुम्बिनी लायन्सबीचको पहिलो खेल भने एक बल पनि नखेली रद्द भएको छ। खेल रद्द भएसँगै दुवै टोलीले अंक बाँडेका छन्।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार दिउँसो १२:३० बजे पहिलो खेल सुरु हुने तालिका थियो। तर बिहीबारदेखि परेको वर्षाका कारण मैदान प्रभावित भएपछि खेल संचालन हुन सकेन।










