स्वाभिमान लघुवित्तले १:१ को अनुपातमा हकप्रद सेयर जारी गर्ने, बोलायो १०औं साधारण सभा

बिजमाण्डू
२०८३ कात्तिक १३ गते ११:२१ | Oct 30, 2026
स्वाभिमान लघुवित्तले १:१ को अनुपातमा हकप्रद सेयर जारी गर्ने, बोलायो १०औं साधारण सभा


काठमाडौं। स्वाभिमान लघुवित्तले १०औं वार्षिक साधारण सभा बोलाएको छ। लघुवित्तले मंसिर १४ गतेका लागि साधारण सभाको मिति तय गरेको हो।

GBIME
Tata

साधारण सभा प्रयोजनका लागि कात्तिक २० गते बुक क्लोज मिति तोकिएको छ।

साधारण सभामा चुक्ता पुँजीको सतप्रतिशत हकप्रद सेयर जारी गर्ने विशेष प्रस्ताव लगिने भएको छ। लघुवित्तको चुक्ता पुँजी हाल १५ करोड ३४ लाख ४५ हजार रुपैयाँ छ।