वर्षाको चुनौतीबीच कर्णालीले टस जितेर विराटनगरलाई दियो ब्याटिङको निम्ता

बिजमाण्डू
२०८३ कात्तिक १२ गते १६:४७ | Oct 29, 2026
वर्षाको चुनौतीबीच कर्णालीले टस जितेर विराटनगरलाई दियो ब्याटिङको निम्ता
टसका दौरान विराटनगर र कर्णालीका कप्तान। तस्बिर: सुशील श्रेष्ठ


काठमाडौं। कर्णाली याक्सले टस जितेर पहिला फिल्डिङ रोजेको छ। नेपाल प्रिमियर लिग (अन्तर्गत) बिहीबारको दोस्रो खेलमा कर्णालीले टस जितेर विराटनगरलाई पहिला ब्याटिङको निम्ता दिएको हो।

GBIME
Tata

विराटनगर ब्याटिङमा उत्रन लागे पनि कीर्तिपुरको मौसम भने प्रतिकुल बन्दै गएको छ। आजको पहिलो खेल सकिएबाटै पानी छिट्याउन सुरु गरिसकेको छ।

आज विराटनगर पहिलो जित निकाल्ने लक्ष्यका साथ मैदान उत्रँदै छ भने कर्णाली लगातार दोस्रो जितको खोजीमा हुनेछ। पहिलो खेलमा विराटनगर चितवनसँग पराजित हुँदा कर्णालीले जनकपुरलाई हराएको थियो। कर्णालीको अघिल्लो खेलमा सानदार प्रदर्शन गरेका युनिस सिंह ठकुरी र अरिफुल इस्लाममा नजर रहनेछ। अर्कोतर्फ विराटनगरमा बलिङमा सन्दीप लामिछानेसँगै ब्याटिङ अलराउण्डर आन्द्रे रसेल महत्वपूर्ण बन्न सक्छन्।

कीर्तिपुरमा खेल अघि पानी छिट्याइरहेको छ। तस्बिर: सुशील श्रेष्ठ/बिजमाण्डू

कर्णाली याक्सको प्लेइङ ११

सोमपाल कामी (कप्तान), गुल्सन झा, नन्दन यादव, दीपक डुम्रे, युनिस सिंह ठकुरी, पवन सर्राफ, युवराज खत्री, अकबर अली, अरिफुल इस्लाम, मार्क वाट, हुसैन तलत

विराटनगर किंग्सको प्लेइङ ११

सन्दीप लामिछाने (कप्तान), लोकेश बम, प्रतिस जिसी, बसीर अहमद, नरेन साउद, इमरान शेख, सुजन थपलिया, सेहान जयसूर्या, चरिथ असलंका, एन्जेलो म्याथ्युज र आन्द्रे रसेल