काठमाडौं । दसैं अघि महंगिएको अण्डाको भाउ अहिले घटेको छ। नेपाल लेयर्स कुखुरा पालक संघले बिहीबारदेखि लागू हुने गरि अण्डाको नयाँ मूल्य निर्धारण गरेको हो।
संघले एक्सएल अण्डाको भाउ क्रेटमा ५७ रुपैयाँले घटाएर प्रति क्रेट ५५८ रुपैयाँ तोकेको छ। यसअघि एक्सएल अण्डा क्रेटको ६१५ रुपैयाँ थियो।
ठुलो अण्डाको मूल्य पनि क्रेटमा ५७ रुपैयाँ घटेर ५४३ रुपैयाँ कायम भएको छ। यस अघि ठूलो अण्डा प्रति क्रेट ६०० रुपैयाँ थियो।
मिडियम अण्डाको मूल्य भने क्रेटमा २२ रुपैयाँ घटेर ५२८ रुपैयाँ पुगेको छ। साथै,सानो अण्डा प्रति क्रेट ४५७ रुपैयाँ तोकिएको छ।
यसअघि संघले माग भन्दा कम अण्डा उत्पादन हुँदा मूल्य बढाएको थियो। यतिबेला अण्डाको माग कम हुँदा भाउ घटेको हो।










