तस्वीरमा दसैं बजार : पाकोमा मोबाइल किन्न पुग्ने बढे, इन्द्रचोकमा किनमेलको चहलपहल

रिसिका श्रेष्ठ
२०८३ असोज २७ गते ११:४१ | Oct 13, 2026
तस्वीरमा दसैं बजार : पाकोमा मोबाइल किन्न पुग्ने बढे, इन्द्रचोकमा किनमेलको चहलपहल


काठमाडौं । दसैं बिदा सुरु हुन अब केहीदिन मात्रै बाँकी छ। गाउँघर जानेहरु अहिले किनमेलमा व्यस्त छन्। काठमाडौंमै बस्नेहरुलाई पनि होलिडे मुड लागिसकेको छ।

GBIME
Tata

दसैंको माहोलबीच अहिले न्यूरोड पाकोमा मोबाइल र इलेक्ट्रोनिक्स ग्याजेट किन्नेहरुको घुइँचो लागिरहेको छ। युवाहरुको चासो नयाँ र फ्ल्यागसिप मोबाइलमा देखिएको छ।

विशेष गरि अहिले इएमआईमार्फत मोबाइल खरिद गर्न सकिने सुविधाका कारण पनि मोबाइल अपग्रेड गर्नेहरु बढेको पाकोका व्यवसायी बताउँछन्।

यता, इन्द्रचोक र मखन क्षेत्रमा पनि दसैंको किनमेल गर्न पुग्ने बढेका छन्। कपडादेखि गरगहना, जुत्ता, भाँडाकुँडा लगायत किन्न यहाँ पुग्ने बढेका हुन्।

कोर क्षेत्रमा अहिले बालबालिकाहरु चंगा उडाइरहेको पनि देख्न सकिन्छ। घटस्थापनादेखि नै केही विद्यालयहरु बिदा भइसकेकाले अहिले बालबालिकाहरु पनि होलिडे मुडमा देखिन्छन्।