पोखरा। बेन्नेभिस आइसक्रिम पार्लरले पोखराको न्युरोडमा आफ्नो सातौँ आउटलेट संचालनमा ल्याएको छ।
घटस्थापनाको अवसर पारेर शनिबार उद्घाटन गरिएको नयाँ पार्लरमा ग्राहकले प्रत्येक स्कुपमा २० प्रतिशत छुट पाउनेछन्।
उद्घाटन समारोहमा बेन्नेभिसकी ब्रान्ड एम्बेसडर सरिसा श्रेष्ठसहित सञ्चारकर्मी, इन्फ्लुएन्सर र विभिन्न व्यक्तिहरू सहभागी थिए। नयाँ आउटलेटमार्फत पोखराका ग्राहकलाई विभिन्न स्वादका प्रिमियम आइसक्रिम उपलब्ध गराउने कम्पनीले जनाएको छ।
दसैँको अवसर पारेर ल्याइएको छुट योजना पोखराको न्युरोडस्थित नयाँ आउटलेटमा मात्र लागू हुनेछ। ग्राहकले यो अफर कात्तिक २९ गतेसम्म उपयोग गर्न सक्नेछन्।
बेन्नेभिसले नेपालका विभिन्न स्थानमा आफ्नो उपस्थिति विस्तार गर्दै आएको छ। पोखरामा सातौँ आउटलेट संचालनमा ल्याउनु ग्राहकलाई गुणस्तरीय सेवा र नयाँ स्वादको अनुभव प्रदान गर्ने प्रयासको हिस्सा भएको कम्पनीले जनाएको छ।








