मन्त्र थकालीको भान्छामा साङ्ला र भुसुना भेटिएपछि विभागले गर्‍यो साढे २ लाख जरिबाना

बिजमाण्डू
२०८३ असोज २५ गते १३:२४ | Oct 11, 2026
मन्त्र थकालीको भान्छामा साङ्ला र भुसुना भेटिएपछि विभागले गर्‍यो साढे २ लाख जरिबाना


काठमाडौं। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले भान्छामा साङ्ला र भुसुना भेटिएपछि महाराजगंजस्थित मन्त्र थकालीलाई जरिवाना गरेको छ।

GBIME
Tata

शनिबार संयुक्त अनुगमनको क्रममा ग्रिन तारा हस्पिटालिटीको (मन्त्र थकाली)लाई उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम २ लाख ५० हजार रुपैयाँ जरिबाना गरेको हो।

शनिबार विभागमा फोनमार्फत खानामा किरा परेको उजुरी आएपछि र्‍यापिड रेसपोन्स टिममार्फत खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग सहितको संयुक्त टोलीले अनुगमन गरेको थियो।

अनुगमनका क्रममा भान्छा सरसरफाई राम्रो नभएको, पकाएको खाद्य पदार्थ नछोपी भण्डारण गरेको, फ्रिज र भान्छा कोठामा साङ्ला र भुसुना भेटिएको थियो।

खानामा किरा पर्ने सम्भावना भएकोले अनुगमन टोलीले कैफियतहरू निर्देशन बमोजिम सुधार गरी ७ दिनभित्र सुधारको प्रमाणसहित विभागमा उपस्थित हुन निर्देशन दिएको छ। अन्यथा, प्रचलित खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम थप कारबाही हुने विभाले जनाएको छ।