सीडब्लुसी लिग-२ : क्यानडासँग टस हारेर ब्याटिङ गर्दै नेपाल, यस्तो छ प्लेइङ ११

बिजमाण्डू
२०८३ असोज २५ गते ११:१८ | Oct 11, 2026
सीडब्लुसी लिग-२ : क्यानडासँग टस हारेर ब्याटिङ गर्दै नेपाल, यस्तो छ प्लेइङ ११
अर्जुन कुमाल। फाइल फोटो


काठमाडौं । नेपाली क्रिकेट टोलीले क्यानडाविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ। ओमनस्थित अल अमेरत स्टेडियममा क्यानडाले टस जितेर नेपाललाई पहिला ब्याटिङको निम्ता दिएको हो।

GBIME
Tata

आजको खेलमा जित निकाल्दै छैटौं स्थानमा रहने प्रयासमा दुबै टोली छन्। क्यानडा २५ अंकसहित छैठौं र नेपाल २४ अंकसहित सातौँ स्थानमा रहँदा आजको खेल जित्ने टोली छैठौं स्थानमा कायम रहने समीकरण छ। यी दुवै टोलीले लिग-२ का पछिल्ला चार खेलमा लगातार हार ब्यहोरेका छन्।

क्यानडाविरुद्ध नेपालले अर्जुन कुमाल, बसीर अहमद, नन्दन यादवजस्ता खेलाडीलाई अवसर दिएको छ। क्यानडाविरुद्ध राम्रो रेकर्ड भएका आशिफ शेखमाथि ब्याटिङमा ठूलो जिम्मेवारी हुनेछ। उनीसँग देब्रेहाते ब्याटर इशान पाण्डे हुनेछन्।

पूर्वकप्तान रोहित पौडेल पनि लय फर्काउने दबाबमा हुनेछन्। स्पीन बलिङमा सन्दीप लामिछाने र ललित राजवंशी हुनेछन् भने पेसर करण केसीसँग नन्दन यादव र गुल्सन झा हुनेछन्।

यस्तो छ नेपालको प्लेइङ ११

अर्जुन कुमाल, आशिफ शेख, इशान पाण्डे, रोहित पौडेल, बसीर अहमद, दीपेन्द्रसिंह ऐरी, गुल्सन झा, करण केसी, नन्दन यादव, सन्दीप लामिछाने, ललित राजवंशी