दसैंका लागि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ २३ गतेबाट, रुट परमिट नचाहिने

बिजमाण्डू
२०८३ असोज २० गते १३:५० | Oct 6, 2026
दसैंका लागि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ २३ गतेबाट, रुट परमिट नचाहिने
फाइल तस्वीर


काठमाडौं। दसैंका लागि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ असोज २३ गतेबाट खुलाइने भएको छ।

GBIME
Tata

यातायात व्यवस्था विभागमा मंगलबार बसेको बैठकले २३ गतेबाट अग्रिम टिकट बुकिङ खुलाउने निर्णय गरेको यातायात व्यवसायी महासंघका अध्यक्ष सरोज सिटौलाले जानकारी दिए।

उनका अनुसार अग्रिम टिकट बुकिङ खुलेपछि चाडपर्व अवधिभर देशभरका सवारी साधनका लागि रुट परमिट आवश्यक नपर्ने निर्णय भएको छ।

बैठकले चाडपर्वका बेला काठमाडौं उपत्यका भित्रिने र बाहिरिने सडकमा ट्राफिक जाम कम गर्न अति आवश्यक ढुवानीका साधनबाहेक अन्य ठूला सवारीसाधन आवतजावतमा रोक लगाउने निर्णय गरेको छ। खाद्यान्न, औषधि, इन्धन, दूध जस्ता अत्यावश्यक सामग्री बोकेका गाडीका हकमा यो निर्णय लागू हुने छैन।