काठमाडौं। ग्लोबल आइएमई बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत दीपचन्द्र रेग्मी नायब प्रमुख कार्यकारी अधिकृत (डीसीइओ) पदमा बढुवा भएका छन्।
बैंक सञ्चालक समितिको मंगलबार बसेको बैठकले रेग्मीलाई डीसीइओमा बढुवा गर्ने निर्णय गरेको हो।
सन् २००७ मा स्ट्यान्डर्ड चार्टर्ड बैंकबाट बैंकिङ करिअर सुरु गरेका रेग्मी सन् २००९ देखि ग्लोबल आइएमई बैंकमा आबद्ध छन्।
उनले बैंकको प्रमुख वित्तीय अधिकृत (सीएफओ), प्रमुख मानव संसाधन अधिकृत (सीएचआरओ), प्रमुख कर्जा अधिकृत (सीएलओ) तथा ट्रेड फाइनान्स प्रमुखको जिम्मेवारी सम्हालिसकेका छन्।
उनी हाल बैंकको सहायक कम्पनी ग्लोबल आइएमई क्यापिटलको सञ्चालक समिति अध्यक्ष समेत छन्।
रेग्मीले थाइल्याण्डको एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी (एआईटी) तथा डेनमार्कको कोपेनहेगन बिजनेस स्कुलबाट बिजनेस एडमिनिस्ट्रेसनमा स्नातकोत्तर (एमबीए) गरेका छन्।









