जेनजी आन्दोलनका घाइतेले १५ लाखसम्म सहुलियतपूर्ण कर्जा पाउने, कार्यविधि संशोधन  

बिजमाण्डू
२०८३ भदौ २९ गते १७:४५ | Sep 14, 2026
जेनजी आन्दोलनका घाइतेले १५ लाखसम्म सहुलियतपूर्ण कर्जा पाउने, कार्यविधि संशोधन  


काठमाडौं। नेपाल राष्ट्र बैंकले सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी कार्यविधिमा दोस्रो संशोधन गरेको छ।

Vigo
GBIME
Tata

राष्ट्र बैंकले जेनजी आन्दोलनका शहीद परिवार तथा घाइतेले स्वरोजगार उद्यमका लागि १५ लाख रुपैयाँ सहूलियतपूर्ण कर्जा पाउने गरी कार्यविधिमा संशोधन गरेको हो।

संशोधित कार्यविधि अनुसार जेनजी आन्दोलनका शहीद हुनेका पति, पत्नी, छोराछोरी र आमाबुवाले सहूलियतपूर्ण कर्जा लिन सक्छन्।

शहीद परिवारका सदस्य वा घाइतेले कृषि तथा पशुपन्क्षी व्यवसाय, घरेलु तथा साना उद्योग, सेवा व्यवसाय, सूचना प्रविधिमा आधारित व्यवसाय, पर्यटन व्यसाय, उत्पादनमूलक उद्योग, स्टार्टप उद्यम र सरकारले समय समयमा तोकेको अन्य उत्पादनमूलक तथा रोजगारमूलक व्यवसायका लागि कर्जा लिन सक्नेछन्।