काठमाडौं। सिटिजन्स सुपर ३० म्युचुअल फण्डका इकाईधनीले ५.२५ प्रतिशत लाभांश पाउने भएका छन्।
म्युचुअल फण्डको व्यवस्थापक सिटिजन्स क्यापिटलको सञ्चालक समितिले गत आर्थिक वर्षको मुनाफा र सञ्चित कोषबाट इकाईधनीलाई कर प्रयोजनसहित ५.२५ प्रतिशत लाभांश दिने निर्णय गरेको हो।
लाभांश वितरण प्रयोजनका लागि असोज ८ गते बुक क्लोज गरिने भएको छ।










