सेयर बिक्रीमा अब अटो इडीआइएस, सेबोनको निर्देशनपछि सीडीएससीले थाल्यो अध्ययन

बिजमाण्डू
२०८३ भदौ २६ गते १६:१३ | Sep 11, 2026
सेयर बिक्रीमा अब अटो इडीआइएस, सेबोनको निर्देशनपछि सीडीएससीले थाल्यो अध्ययन


काठमाडौं। सीडीएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी)ले सेयर कारोबारमा अटो इडीआइएस प्रणाली लागू गर्ने तयारीस्वरुप अध्ययन थालेको छ।

Vigo
GBIME
Tata

नेपाल धितोपत्र बोर्ड (सेबोन)को निर्देशनपछि सीडीएससीले सेयर कारोबारमा अटो इडीआइएस लागू गर्नका लागि गर्नुपर्ने कानुनी सुधारका विषयमा प्रतिवेदन तयार पार्न अध्ययन थालेको हो।

‘सेयर कारोबारमा अटो इडीआइएस लागू गर्न के कस्ता कानुन र प्राविधिक रुपमा प्रणालीगत सुधारका काम गर्नुपर्ने हो त्यसको हामीले अध्ययन गरिरहेका छौं। सबै पक्षसँग छलफल सकिएपछि प्रतिवेदन तयार पारेर नियामकलाई बुझाउने छौं,’ सीडीएससीका डेपुटी म्यानेजर सुरेश न्यौपानेले भने।

सेयर कारोबारमा अटो इडीआइएस लागू गर्न कारोबार प्रणाली र राफसाफ तथा कर कानुनका विषयहरुमा संशोधन गरिनुपर्ने सीडीएससीका अधिकारीहरु बताउँछन्।

सेयर कारोबारमा अहिले लगानीकर्ता आफैंले इडीआइएस गर्नुपर्छ। यो प्रणाली ‘मेरो सेयर’मा छ भने लगानीकर्ताले कारोबार नेप्से वा ब्रोकरको प्रणालीमार्फत गर्छन्।

यी दुई वटै प्रणाली अन्तर आबद्ध भए पनि पुँजीगत लाभकरको विषयमा समस्या आउने भएकाले अटो इडीआइएस कानुन संशोधन नगरी सम्भव नहुने सेबोनकै कर्मचारीको बुझाइ छ।

सेबोनले भदौ दोस्रो साता सीडीएससीलाई कारोबार व्यवस्थापन प्रणाली र मेरो सेयरबीच एपीआइ इन्टिग्रेसन गरी अटो इडीआइएस प्रणाली लागू गर्ने व्यवस्थाका लागि गर्नुपर्ने कानुनी तथा संरचनागत सुधारसहितको अध्ययन गरेर पेस गर्न भनेको थियो।