काठमाडौं। सेयर बजार लगातार दोस्रो दिन घटेको छ। नेप्से परिसूचक बिहीबार १३.८५ अंक घटेर २५३१.५५ विन्दुमा घटेको छ।
कारोबारमा आएका सबै उपसमूहले बजार घटाएका हुन्। उत्पादन तथा प्रशोधन क्षेत्रको सूचक सबैभन्दा धेरै १.१४ प्रतिशतले घटेको छ। बजारमा सेयरमूल्य घटेका २०० कम्पनीका लगानीकर्ताले गुमाएका छन्।
सिन्धु विकास बैंकको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ। ११ कम्पनीको मूल्य स्थिर छ।
बजारमा ६७ कम्पनीको सेयर मूल्य बढेको छ। लिबर्टी इनर्जी कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ।
बिहीबार सूचकसँगै कारोबार रकम घटेको छ। बुधबार ४ अर्ब ९ लाख रुपैयाँको सेयर किनबेच भएकामा बिहीबार ४ अर्ब ९ लाख रुपैयाँको सेयर कारोबार भएको छ।
बजारमा लिबर्टी इनर्जीको सबैभन्दा धेरै ४५ करोड ४८ लाख रुपैयाँको सेयर किनबेच भएको छ। यस्तै, रिलायन्स स्पिनिङ मिल्सको २१ करोड १२ लाख र एनआरएन इन्फ्रास्ट्रक्चर डेभलपमेन्टको १९ करोड ११ लाख रुपैयाँको सेयर कारोबार भएको छ।










