काठमाडौं । नेपाल राष्ट्र बैंकले तरलता व्यवस्थापनका लागि बजारबाट ५५ अर्ब रुपैयाँ उठाउन लागेको छ। राष्ट्र बैंकले यो रकम बोलकबोलमार्फत २ महिनाका लागि उठाउन लागेको हो।
यसका लागि राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूसँग प्रस्ताव माग गरिएको छ। बुधबार अपराह्न ३ बजे अनलाइनमार्फत बोलकबोल हुनेछ। राष्ट्र बैंकले साँवा तथा ब्याज कात्तिक १८ गते भुक्तानी गर्नेछ।
राष्ट्र बैंकले यसअघि निक्षेप संकलन उपकरणमार्फत खिचेको करिब ६ खर्ब बढी रुपैयाँ परिपक्व हुन बाँकी छ।











