मुक्तिनाथले एक्वायर गर्ने भएपछि सिन्धु विकास बैंक र जानकी फाइनान्सको सेयर मूल्यमा पहिरो



बिजमाण्डू
२०८३ भदौ २२ गते १२:५१ | Sep 7, 2026
मुक्तिनाथले एक्वायर गर्ने भएपछि सिन्धु विकास बैंक र जानकी फाइनान्सको सेयर मूल्यमा पहिरो


काठमाडौं। सिन्धु विकास बैंक र जानकी फाइनान्सको सेयर मूल्यमा पहिरो गएको छ। मुक्तिनाथ विकास बैंकले एक्वायर गर्ने भएपछि यी दुई कम्पनीको सेयर मूल्यमा पहिरो गएको हो।

Vigo
GBIME
Tata

सेयर बजार सूचक सोमबार कारोबार सुरु भएदेखि नै उकालो लागिरहँदा सिन्धु विकास बैंक र जानकी फाइनान्सको सेयर मूल्यमा भने नेगेटिभ सर्किट लागेको छ।

सिन्धु विकास बैंकको सेयर मूल्य १५ प्रतिशत अर्थात प्रति कित्ता ८७.८० रुपैयाँ घटेको छ। यस्तै जानकी फाइनान्सको सेयर मूल्य प्रति कित्ता ५५.३० रुपैयाँ तल आएको छ। नेगेटिभ सर्किटका बाबजुद सिन्धु विकासकै सेयर मूल्य प्रति कित्ता ४९७.७० र जानकि फाइनान्सको सेयर मूल्य प्रति कित्ता ३१३.६० रुपैयाँ छ।

यी दुई कम्पनीलाई एक्वायर गर्न लागेको मुक्तिनाथ विकास बैंकको सेयर मूल्य प्रति कित्ता ३५२ रुपैयाँ छ। मुक्तिनाथ विकास बैंकले सिन्धु विकास बैंक र जानकि फाइनान्सलाई एक्वायर गर्न भदौ १९ गते प्रारम्भिक सम्झौता भएको थियो।